

-
काठमाडौं : आउँदो आइतवार हुने पालिका उपनिर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ ।
मतदानको समयभन्दा ४८ घण्टाअघि मौन अवधि शुरू हुने भएकाले भोलिदेखि दल र उम्मेदवारहरुले चुनावी प्रचार गर्न पाउँदैनन् ।अब राजनीतिक दल र उम्मेदवाहरूलाई प्रचारप्रसारको लागि आजको दिन मात्रै बाँकी छ ।
नगरपालिका र गाउँपालिकाको मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी ४१ पदका लागि ३ सय ७६ जनाले उम्मेदवारी दिएका छन् । २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत ३ सय ७६ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ ।
चुनाव हुने सबै ठाउँमा उत्साह भए पनि सबैभन्दा बढी चर्चा काठमाण्डौको कीर्तिपुरमा छ । नगरपालिकाको मेयरको लागि कीर्तिपुरमा मात्रै उपचुनाव हुने भएकाले दल र उम्मेदवारको ध्यान पनि यहीँ बढी केन्द्रित भएको छ । यहाँ मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् ।
कांग्रेसले कृष्णमान डङ्गोल, एमालेले डा।सुरेन्द्र मानन्धर, माओवादीले प्रा।डा।शिवशरण महर्जन, राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवारमा बनाएका छन् । स्वतन्त्रबाट ११ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने जनाए पनि कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन ।
उपचुनावको नतिजाले आउँदो चुनावसम्मलाई प्रभाव पार्न सक्ने भएकाले दल र उम्मेदवारहरुले यसलाई प्रतिष्ठा र महत्त्वको रुपमा लिएका छन् ।
News Desk 0 response बिहिबार, मंसिर १३, २०८१

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



