

-
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भमणमा ऋणसम्बन्धि कुनैपनि सम्झौता नगर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने चीनको औपचारिक भ्रमणबारे सोमबार सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको सामूहिक छलफलमा सो कुरा स्पष्ट पारेका हुन ।
छलफलमा प्रधानमन्त्री ओलीले चीनसँग कुनैपनि खालको ऋण सम्झौता नगर्ने आशयको अभिव्यक्ति छलफलको क्रममा दिएको काँग्रेस नेता समेत रहेको पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताए । उनले प्रधानमन्त्री ओलीले चीनसँग सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा आफनो भ्रमण केन्द्रित हुने पनि उल्लेख गरेको जानकारी दिए ।
साउदले भने, ‘प्रधानमन्त्रीले आसन्न चीन भ्रमणमा केन्द्रीत रहेर सुझावहरु माग्नुभयो । जसमा दुई देशबीचको परम्परागत सम्बन्ध सुमधुर रहँदै आएको अगामि दिनमा त्यसलाई थप मजबुत बनाउने बारेमा छलफल गर्नुभयो । बिआरआई लगायत अन्य कुराहरु पनि छलफलका एजेण्डाहरु बने । ती विषयमा पनि छलफल भयो । उहाँले ऋणको बारेमा मौन रहेर अनुदानको रुपमा अगाडि बढाउने कुरा उहाँको अभिव्यक्तिबाट बुझेँ । चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने उहाँको आशय थियो । त्यस्तै, विभिन्न प्रोजेक्टहरुलाई अगाडि बढाउनेबारे छलफल हुने समेत उहाँले छलफलका क्रममा जानकारी दिनुभएको छ । ’
छलफलमा नेपाल र चीनबीच भएका पुराना सम्झौता तथा समझदारीहरुलाई कार्यन्वयन गर्ने विषयमा पनि छलफल भएको उनले बताए । विशेष गरेर किमाथान्का प्रोजेक्ट र ट्रान्समिसन लाइन निर्माणको सम्भावनाको बारे प्रधानमन्त्रीले छलफलका क्रममा राखेका थिए ।
त्यस्तै बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको उद्देश्यबारे प्रष्ट पार्दै घुम्नको लागि नभई काम गर्नको लागि चीन जान लागेको जानकारी गराएको पूर्वपरराष्ट्र मन्त्री डा। विमला राई पौड्यालले बताए। उनले छलफलको क्रममा विगतमा भएका सम्भौताहरुको कार्यान्वयनको स्थितिबारे छलफल भएको उल्लेख गरे ।
पूर्वपरराष्ट्रमन्त्री पौड्यालले भने, ‘उहाँले आफूले चीन भ्रमण गर्नुको उद्देश्य भन्नुभयो । काम गर्न जाने घुम्नको लागि नजाने स्पष्ट पार्नुभयो । अहिले भइरहेका सम्झौताहरुलाई कार्यान्वयन गराउनेबारे कुरा राख्ने बताउनु भयो । हामीले पनि उहाँलाई विभिन्न सुझावहरु दिएका छौँ । बिआरआई परियोजनालाई ऋणको रुपमा दिने कि अनुदानको रुपमा लिने भन्नेबारे छलफल गरेर मुलुकको हित हुने हिसाबले अगाडि बढ्नेबारे छलफल भएको छ ।’
प्रधानमन्त्रीले भ्रमणको क्रममा चीनको विकासबाट नेपाल कसरी लाभान्वित हुन्छ भन्ने विषयमा समेत छलफल गर्ने जानकारी दिएको उनले बताए । एमाले नेता समेत रहेका पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले विगतमा गरिएका सहमती कार्यान्वयनमा जोड दिने सबै नेताहरुले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको बताए । उनले प्रधानमन्त्री ओलीले राष्ट्रिय हितमा केन्द्रित भएर आफनो चीन भ्रमण हुने धारणा राखेको पनि बताए ।
पाण्डेले भने, ‘थुपै्र सहमतीहरु भएका चाईनासँग हाम्रो पटक पटक । अहिले ती सहमतीहरुलाई इम्पिलिमेन्ट फेजमा जानुपर्छ भन्ने नै सबैको धारणा हो । नेपालको हितमा, नेपाली जनताको हितमा राष्ट्र हितमा हुने कामहरु उहाँले आफूले गरेर आउँछु पनि भन्नुभएको छ । सबैको कन्सर्न पनि त्यही थियो । पूर्व सहमति कार्यान्वयन गरेर जानुपर्नेमा सबैको जोड थियो ।’
यता पूर्व परराष्ट्रमन्त्री एवं राप्रपा नेता डा। प्रकाशचन्द्र लोहनीले पनि राष्ट्रिय हित र राष्ट्रिय स्वार्थ प्रतिविम्वित हुने गरी चीन भ्रमणमा आफ्नो कुरा राख्न आफूले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको बताए।
उनले भने, ‘उहाँले आफ्नो चीन भ्रमण नेपाल–चीन सम्बन्धलाई अझ विकास गर्नका लागि हुने कुरा गर्नुभयो । हामीले उहाँलाई के भन्यौ भने तपाई त्यहाँ नेपालको प्रधानमन्त्रीको हैसियतले जाँदै हुनुहुन्छ । नेपालको राष्ट्रिय हित र राष्ट्रिय स्वार्थका कुरालाई विश्वासका साथ राख्नुहोस । नेपाली जनताको समर्थन हुन्छ । यही कुरा नै हामीले भन्यो । मूलकुरा ठूला देशहरुसँग नेपालले जहिले पनि आफ्नो विश्वसनीयता कायम गर्नु पर्छ । बीआरआईमा लोन लिनुहुन्न भन्ने भन्ने होइन, हुनुहुँदैन ।’
प्रधानमन्त्री ओलीले यही मंसिर १७ गते चीनको औपचारिक भमण गर्दै छन् । सोही सन्दर्भमा उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका हुन । छलफलमा प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री डा। आरजु देउवा राणा, पूर्व परराष्ट्रमन्त्रीहरु नारायणकाजी श्रेष्ठ, नारायणप्रकाश साउद, डा।विमला राई पौडेल, प्रकाशचन्द्र लोहनीलगायतको उपस्थिति रहेको थियो ।
News Desk 0 response सोमवार, मंसिर १०, २०८१

सम्बन्धित शीर्षकहरु
-
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३
-
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



