

-
तनहुँ : १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ ।
ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एसियाली विकास बैंक (एडीबी) का वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले आज सोमवार बेलुन उडाएर नदी फर्काउने कार्यको शुभारम्भ गरे ।
अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि झन्डै ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध निर्माण गरिने छ । त्यो बाँध आउँदो मनसुन शुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको छ ।
कार्यकारी निर्देशक घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्त्वपूर्ण कोशेढुङ्गा र फड्को भएको बताए । विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भए पनि अहिले नमुना आयोजनाको रूपमा अगाडि बढाउने गरी काम भइरहेको उल्लेख गर्दै घिसिङले समयमै सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।
आयोजनाको निर्माण प्रगति झन्डै ४६ प्रतिशत रहेको छ । आयोजनाको काम २०८३ साल असारभित्र सक्ने लक्ष्य राखिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले आयोजनाले महत्त्वपूर्ण चरण पार गरेको बताउँदै आयोजना जतिसक्दो छिट्टो निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिए । उनले निर्माणमा आइपर्ने स्थानीय समस्यालाई संयुक्तरूपमा समाधान गरी निर्माणमा अवरोध हुन नदिने प्रतिबद्धता जनाए ।
व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले निहीत स्वार्थका व्यक्तिहरूबाट सतर्क भएर आयोजनालाई तोकिएकै समयमा सम्पन्न गरिनुपर्ने बताए ।
भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले देशमा केही नभएको भन्ने जताततै गुनासो सुनिरहेका बेलामा आयोजना निर्माण नयाँ चरणमा प्रवेश गरी सकारात्मक सन्देश दिएको बताए ।
तनहुँका प्रमुख जिल्ला अधिकारी रिजालले तनहुँ जलविद्युत्को प्रकृति, लागत, यसले सिर्जना गर्ने रोजगारीलगायतका आधारमा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गरिनुपर्ने बताए । उनले पालिका र प्रशासनको समन्वयकारी भूमिकाका कारण आयोजना अहिलेको अवस्थामा पुगेको बताए ।एडीबीका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले कालीगण्डकी जलविद्युत् निर्माण सम्पन्न भएपछि बैंकले तनहुँ जलविद्युत्मा लगानी गरेको उल्लेख गर्दै आयोजनाले अवलम्बन गरेका सामाजिक र वातावरणीय सुरक्षणका क्रियाकलापलाई नमुनाको रूपमा दूधकोशी जलविद्युत् आयोजनामा लागू गर्न सकिने बताए । उनले विगत वर्षदेखि नेपालको ऊर्जा क्षेत्रमा गर्व गर्न लायक कामहरू भएको बताउँदै दूधकोशी जलविद्युत्जस्ता ठूलो आयोजनाहरूमा एडीबीले लगानी गर्न लागिरहेको उल्लेख गरे ।
तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले कुलेखानीपछि बन्न लागेको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सबै ध्यान केन्द्रित गरिएको बताए । उनले आयोजना निर्माणमा पालिका, प्रशासन, स्थानीयवासीलगायत सबैको साथ र सहयोग रहेको उल्लेख गरे ।
आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्शन प्रा. लि. नेपाल जे. भी. सँगको ठेक्का सम्झौता २०७८ साल भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो ।
निर्माण कम्पनीले अहिले अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा वायाँतर्फबाट पहाड ९स्लोप० काट्ने कार्य गरिरहेको छ । यो कार्यको प्रगति झन्डै ५४ प्रतिशत छ । प्याकेज–१ को समग्र प्रगति २५ प्रतिशत छ ।
आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेशन चीनसँग २०७५ साल असोज १५ गते खरिद सम्झौता भएको थियो । निर्माण सुपरीवेक्षण परामर्शदाताले खरिद सम्झौताबमोजिम निर्माण कार्य शुरु गर्न कार्यादेश जारी गरेपछि सिनो हाइड्रोले २०७५ साल माघ ६ गते आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।
भूमिगत विद्युत् गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्बाइनलगायतका उपकरणहरू जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ, मुख्य सुरुङ खन्ने काम भइरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति झन्डै ४७ प्रतिशत छ ।
प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका के।इ।सी। इन्टरनेशनल लिमिटेड भारतसँग २०७५ साल पुस १० गते भएको खरिद सम्झौता त्यही वर्षको फागुन १० गते कार्यान्वयनमा आएको थियो । ३४ दशमलव ७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरको जग हालिएको छ भने ३३ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ ।
आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।
यसअन्तर्गत स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३र११ केभीका दुई वटा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यी सबस्टेशनमा विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत० ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाईका० ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकाररनेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
News Desk 0 response सोमवार, कार्तिक २०, २०८०

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


