• काठमाडौं : गए राती गएको भूकम्पमा परी जाजरकोटमा मात्रै ३७ जनाको निधन भएको छ ।

    जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार, अस्पतालमा ल्याएकामध्ये ३७ जनाको निधन भएको छ, घाइतेहरू ल्याउने क्रम जारी रहेको छ ।

    जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार चार पटक भूकम्प भएको छ । राति ११:४७, १२:०८, १२:२९, १२:३५ गरी ४ पटकको क्रमशः ६.४, ४.८, ४.२, ४.३  म्याग्निच्युडको भूकम्प गएको थियो ।