

-
भदौ २२ मा निजामती सेवा दिवसकै दिन संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने निर्णय भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले निजामती सेवा दिवशको मूल समारोहमै कर्मचारीलाई विधेयकसंसद जाने तय भएको भन्दै बधाइ पनि दिएका थिए । यो अधिबेशन अन्त्य भयो तर, बिधेयक आएन ।
प्रदेश र स्थानीय तहको कर्मचारी प्रशासनलाई चलाएमान गराउन पर्ने ऐन संविधान जारी भएको ८ वर्ष बित्दा समेत आउन सकेको छैन । हुनत २०७५ सालमा संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक विवादका कारण १९ असोज २०७८ मा फिर्ता भएको थियो । सरकारले बजेट अधिवेशनबाटै पारित गर्ने भनेकोसंसदमा पेश नै नभई अधिवेशन अन्त्य भयो ।२१ भदौको मन्त्रिपरिषद बैठकले उक्त विधेयक संसदमा पेश गर्न स्वीकृति दिए पनि कर्मचारीहरुले आफ्नो स्वार्थका कारण मन्त्रिपरिषद्को निर्णय पनि कार्यान्वयन गरेनन् । प्रधानमन्त्रीसमेत कर्मचारीहरूको स्वार्थमा अलमलिएको विधेयक संसदमा पठाउन नसक्दा निरीह देखिए । मुलुक संघीय संरचनामा गएको छ । तर, संघीय निजामती ऐन नबन्दा प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न समस्या छ ।
प्रदेश र स्थानीय तहको सेवा प्रवाहमै समस्या देखिएको छ ।
राजनीतिक दलहरुबीचको असमझदारी र कर्मचारीहरुको स्वार्थका कारण निजामती सेवा विधेयक लामो सयम अल्मलिएको जानकारहरु बताउँछन् । कर्मचारी प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन अत्यावश्यक विधेयक लामो समय अल्झनु संभीयता कार्यान्वयनमै आलटाल भएको स्पष्ट छ ।यसको प्रमुख कारक दल निकट कर्मचारीहरु हुन् । कर्मचारीहरुलाई विधेयकको व्यवस्था आफू अनुकुल चाहिएको छ । जसको सरकार आउँछ उसका कर्मचारीका अनावश्यक दवाले समस्या पारेको स्पष्ट देखिन्छ । निजामती बिधेयक समस्या पारेर संघीयतामा कार्यान्वयनमै जटिलता थोपरिएको छ । त्यसकारण पनि संघीयताप्रति प्रश्न उठ्न थालेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल १३ असोजमा फर्किएपछि विधेयक संसदमा पेश हुने अपेक्षा गरिएको थियो । तर, त्यसको एक महिनासम्म विधेयक संसदमा दर्ता हुुन सकेन र बिहीबार त संसदको अधिवेशन नै अन्त्य भयो । मुख्यतः दुई विवादले विधेयक संसदमा पठाउन नसकिएको अधिकारीहरु बताउँछन् । प्रदेश सचिव खटाउने अधिकार संघीय सरकारमा राख्ने कि प्रदेशलाई दिने भन्नेमा संसदमा रहेका दलहरुबीच एकमत छैन ।यसमा कर्मचारी तहमा पनि समान बुझाइ छैन । त्यस्तै विधेयकमा अतिरिक्त सचिवको व्यवस्था राख्ने कि नराख्ने विषयमा उपसचिव र सहसचिवस्तरका कर्मचारीबीचको विवादका कारण पनि यो विधेयकमा ढिलाइ भएको हो । अब कुन तहका कर्मचारीहरूको स्वार्थअनुसार विधेयकको मस्यौदामा के कस्ता विषयहरु फेरबदल गर्न खोजिएको हो भन्ने खुलेको छैन । स्रोतका अनुसार सरकारले स्थानीय तहका कर्मचारीसँग २७ असोजमा गरेको समहतिअनुसार केही विषयहरु विधेयकमा समेट्न प्रयास गर्ने तयारी गरेको छ ।
News Desk 0 response शुक्रबार, कार्तिक १७, २०८०

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


