• २५ असोज, काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

    २४ असोज बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयर धनीलाई लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत उक्त लाभांश प्रस्ताव गरेको हो ।

    बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयर धनीमा वितरण हुनेछ ।