• चितवन : भरतपुर महानगरपालिकाले नगर प्रहरीको माग गरेको छ । महानगरले नगर प्रहरी नायब उपरीक्षकदेखि प्रहरी जवानसम्म ३० जना माग गरेको हो ।

    महानगरले प्रकाशित गरेको सूचनाअनुसार नगर प्रहरी नायब उपरीक्षक (डीएसपी) एक जना, प्रहरी नायब निरीक्षक ९सई० एक जनासहित ३० जना माग गरिएको छ । सबैभन्दा धेरै प्रहरी जवान खुलातर्फ १३ जना माग गरेको छ । यस्तै महिला प्रहरी जवान तीन जना, दलित तीन जना, आदिवासी जनजाति तीन जना, थारु दुई जना र मधेसी एक जना मागेको हो ।

    असोज २९ गतेसम्म आवेदन दिन सकिने महानगरको सूचनामा उल्लेख छ । थप जानकारी महानगरपालिकाको वेबसाइटबाट प्राप्त गर्न सकिने छ ।

    योसँगै भरतपुर महानगर नगर प्रहरीको कमान्ड डीएसपीको हुने छ । यसअघि प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमान्डमा रहेको थियो ।