• देउखुरी (दाङ), १२ असोज : घोराही उपमहानगरपालिकाले ‘एक वडा एक जलाशय’ अभियान सञ्चालन गरेर घोराहीका अधिकांश वडामा जलाशय निर्माण गरेको छ । अभियानअन्तर्गत पालिकाका विभिन्न वडामा ४३ जलाशय निर्माण गरिएका छन् ।

    घोराही–१७ का शङ्कर चौधरीले आकासे पानीको भरमा खेती गर्दै आउनुभएको थियो । पिउने पानीकोसमेत समस्याको थियो । उहाँको खेतबारीमा अहिले आरोग्य कृत्रिम तालमा जम्मा भएको पानी सिँचाइ गर्न थालेपछि वर्षमा चार पटकसम्म खेती हुने गरेको छ ।