• काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरमा रहेको तलेजु भवानीको दर्शन गरेका छन् ।

    आज आइतवार दिउँसो उनले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका हुन् । भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुगेका शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए ।

    राजाबादीले पूर्वराजा शाहको समर्थनमा विभिन्न नारा लगाउँदै स्वागत र सम्मान गरेका थिए ।