

-
गाईघाट (उदयपुर), २ असोज : उदयपुरको दुर्गम पहाडी क्षेत्रका गाउँपालिकामा वर्षाका कारण भत्किएका र पहिरोले पुरिएर सवारीसाधन सञ्चालनमा समस्या भएका ग्रामीण सडक पुनः मर्मत थालिएका छन् ।
उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ जोड्ने पहाडी ग्रामीण सडक वर्षाका कारण अवरुद्ध भएकाले पुनः मर्मत कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मेजर राईले बताउनुभयो । सदरमुकाम गाईघाट मुर्कुची पुवाँरे भन्ज्याङ, माझखर्क हुँदै बासबोटे जोड्ने सडक खण्डहरु वर्षाले भत्किएका छन् । गाउँपालिका स्तरबाटै मर्मत तथा व्यवस्थापन कार्य सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष पुष्पकुमार राईले बताउनुभयो ।
गाईघाट साउने, खाँबु हँुदै रसुवा भएर लिम्चुङबुङको बलाम्ता, ताम्लिछा जोड्ने अवरुद्ध ग्रामीण सडक पुनः मर्मत थालिएको छ । सो पालिकाको बलाम्ता, ताम्लछा, जाँते जस्ता ग्रामीण भेगसम्म यातायात सहज रुपमा सञ्चालन गर्न सडक मर्मत कार्य सुरु गरिएको छ ।
जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्ली गाउँपालिकाको कटारी, बेतिनी रुपाटार हुँदै ओख्ले, पीपलभन्ज्याङ, ठानागाउँ सहितका स्थानसम्म सहज तरिकाले यातायात सञ्चालन गर्न वर्षाले भत्काएको ग्रामीण सडक मर्मत सुरु गरिएको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुगराज विकले बताउनुभयो । जिल्लाको मध्य पहाडी क्षेत्रको रौतामाई गाउँपालिकामा पनि वर्षाले भत्काएका र भत्किएका सडक पुनः मर्मत गरेर सञ्चालन गर्ने प्रयास भइरहेको सो गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले बताउनभयो ।
यस्तै रौता, आँपटार, रौता, भुटार, इनामेर नामेटारसहितका अवरुद्ध ग्रामीण सडक सञ्चालन गर्नका लागि आवश्यक काम थालिएको रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीले बताउनुभयो । जिल्लाको पहाडी क्षेत्रका अधिकांश ग्रामीण क्षेत्रका सडक वर्षाका कारण भत्किएको र खाल्डा परेको कारण यातायात पुनः सञ्चालन गर्न सम्भव नभएको कारण दसैँतिहार जस्ता चाडपर्वलाई लक्षित गरेर तयारी गरिएको छ ।
News Desk 0 response मङ्लबार, अशोज २, २०८०

सम्बन्धित शीर्षकहरु
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि अनुसन्धानको दायरामा आउलान ?
शुक्रबार, मंसिर १२, २०८३-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


