

-
बेइजिङ । चीन र संयुक्तराज्य अमेरिकाबीचको व्यापारमा कमी आएको बताइएको छ । यी दुई देशबीचको व्यापारमा यस वर्षको नोभेम्बर महिनामा कमी आएको बताइएको हो । यी दुई देशबीच विगतका केही समयदेखि व्यापार युद्ध नै जारी रहेको बताएको थियो । यसैकारण चीन र अमेरिकाबीच गत महिनाको व्यापारमा मन्दी आएको हो ।
विश्लेषकहरुले अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट संयुक्तराज्य अमेरिकातर्फको व्यापारमा कमी आएको बताएका हुन् । उनीहरुका अनुसार यो व्यापारमा २३ प्रतिशतले कमी आई ३५ अर्ब ६० करोड अमेरिकी डलरमा सीमित भएको बताइएको छ ।
अमेरिकाबाट चीनतर्फ हुने आयातमा पनि २.८ प्रतिशतले कमी आएको उनीहरुको भनाई छ । अमेरिकाबाट चीनतर्फ करिब ११ अर्ब डलर बराबरको बस्तु आयात भएको देखिएको उनीहरुको भनाई छ ।
तर पनि अर्काे एक समाचारमा जनाएअनुसार चीनबाट फ्रान्सतर्फ भएको निकासीमा भने सुधार भएको देखिएको छ । संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ताहरु भए पनि नोभेम्बरमा ठोस सहमति हुन नसक्दा यस्तो अवस्था आएको पाइएको हो ।
अमेरिकाले चीनले आफ्नो प्रविधि जबर्जस्ती लगेको आरोप लगाएको छ । वर्तमान ट्रम्प प्रशासनले चीनमाथि व्यापार युद्ध नै शुरु गरेको थियो । उनीहरुका कारण विश्वव्यापी रुपमा नै आर्थिक मन्दीको सम्भावना बढेको बताइएको छ । दुवै देशले एकअर्काका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेपछि यस्तो अवस्था आएको हो । रासस/एएफपी
News Desk 0 response बिहिबार, पुस १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३
-
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



