• काठमाडौँ । एसिया कपको क्रिकेटको फाइनलमा श्रीलंकालाई सुरुवातमै नराम्रो झट्का लागेको छ । टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले चार ओभरभित्रै आफ्ना महत्त्वपूर्ण पाँच विकेट गुमाएको हो ।

    पहिलो ओभरमै भारतका लागि जसप्रित बुमराहले पहिलो विकेट लिएका थिए । श्रीलंकाले कुशल परेरालाई पहिलो विकेटका रुपमा गुमाएको हो ।

    चौथो ओभरमा भारतका लागि मोहम्मद सिराजले घातक बलिङ गर्दै श्रीलंकाका अन्य चार ब्याट्सम्यानलाई आउट गरे ।

    उनले पथुन निशंका, सदीरा समराविक्रमा, चरिथ अशलंका र धनन्जय डिसिल्भालाई आउट गरेर भारतलाई गतिलो सुरुवात दिलाएका हुन् ।

    चार ओभरको समाप्तिमा श्रीलंकाले पाँच विकेटको क्षतिमा १२ रनमात्र बनाएको छ ।