• चितवन : चितवनको भरतपुरमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गोहीको आक्रमणबाट चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलका ४४ वर्षीय फगुना महतोको मृत्यु भएको हो ।

    महतो हिजो बेलुका डुङ्गाघाट क्षेत्रमा मृत अवस्थामा फेला पर्नुभएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

    माछा मार्न जाँदा गोहीले उनलाई आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।