• काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिए ।

    डेङ्गी सङ्क्रमण भएपछि पाँच दिनदेखि उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । रिजाल पालिकाको चुनावमा कांग्रेसको तर्फबाट काठमाडौं महानगरको वडा १६ बाट ४ हजार १९ मतकासाथ विजयी भएका थिए ।