• विश्वअर्थतन्त्र र हरितगृह ग्यास उत्सर्जनको झण्डै ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० को बैठक चीन र रुसका नेताहरूको अनुपस्थितिमा नयाँ दिल्लीमा हुँदैछ ।

    सिमोन स्टिएलले नैरोबीमा अफ्रिका जलवायु शिखर सम्मेलनको साइडलाइनमा चीनका राष्ट्रपति सी जिनपिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको अनुपस्थितिका कारण जी–२० को दुई दिने बैठकमा महत्त्वपूर्ण विषयमा कम प्रगति गर्ने देखिएको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

    मुख्य मुद्दाहरूको वरिपरि अझै पनि छलछाम र अस्पष्टता नै देखिएको उनको टिप्पणी छ । जी–२० को शिखर सम्मेलन सेप्टेम्बर ९ र १० तारिखमा नयाँ दिल्लीमा हुँदैछ ।

    भारतमा हुन लागेको जी–२० सम्मेलन महत्त्वपूर्ण जलवायु सम्बन्धी मुद्दाबाट पछि हटिरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रमुखले बताएका छन् ।

    सम्मेलनअघि दिएको एक वक्तव्यमा राष्ट्रसङ्घका जलवायु परिवर्तनमामिला प्रमुख सिमोन स्टिएलले जलवायु आपतकालीन अवस्थालाई सम्बोधन गर्ने सन्दर्भमा सम्मेलन अपर्याप्त रहेको प्रतिक्रिया दिएका छन् ।