

-
काठमाडौं : वर्षा र सहकालको प्रतिक मानिने रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको काम थालिएको ६ वर्ष बितिसक्दा पनि अझै सम्पन्न भएको छैन । ललितपुर महानगरपालिका–२२ बुङ्गमतिमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथको मन्दिरलाई २०७२ सालको भूकम्पले ढालेको थियो ।
मच्छिन्द्रनाथ मन्दिरसँगै रहेका मनकामना माई मन्दिर र भैरवनाथ मन्दिर पुनर्निर्माण भइसकेका छन् । तर, रातो मच्छिन्द्रनाथको मन्दिरमा भूकम्पले क्षति पुर्याएको आठ वर्ष बितिसक्दा पनि पुनर्निर्माण पूरा हुन नसकेको हो ।
श्रीलङ्कन दूतावासको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७४ सालमा मन्दिर पुनर्निर्माणको काम प्रेरा भेगिम तुल्सी जेभी निर्माण कम्पनीलाई दुई वर्षमा पुनर्निर्माण सक्ने गरी ठेक्का दिएको थियो । मच्छिन्द्रनाथ पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यका अनुसार मन्दिरको काम शुरु भएर मन्दिर एक तलासम्म निर्माण भएको थियो । तर प्राविधिक त्रुटि देखिएपछि फेरि भत्काएर शुरुदेखि निर्माण थालिएको थियो । मन्दिरको पुनर्निर्माण कार्यको जिम्मा लिएको कम्पनीले बीचमै काम छोडेपछि २०७६ साल पुस १४ गते उपभोक्ता समितिले जिम्मा लिएको थियो ।
सम्झौताअनुसार उपभोक्ता समितिले गएको जेठ ३० गते काम सम्पन्न गर्नुपर्ने हो तर मन्दिर निर्माणको काम अझै अपुरो रहेको छ । रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण तथा संरक्षण कार्यको बाँकी काम पूरा गर्ने उद्देश्यले तीन करोड आठ लाख आठ हजार नौ सय रुपैयाँ लागतमा मन्दिर निर्माण गर्ने सम्झौता भएको छ ।
सम्झौता मितिमा काम सकिनुपर्ने भए पनि अहिले रोकिएको छ । मन्दिर निर्माणका लागि प्रयोग गरिएको दाजी इँटाको अभाव भएको मच्छिन्द्रनाथ पुजारी सङ्घका अध्यक्ष शाक्य बताउँछन् । बुङ्गमतीको रातो मच्छिन्द्रनाथ मन्दिरबाट १२ वर्षमा एकपटक रातो मच्छिन्द्रनाथको रथ तयार गरी पाटनमा घुमाएर पुनःरथलाई बुङ्गमतीमै पुर्याउने प्रचलन छ ।
News Desk 0 response बिहिबार, भदौ २१, २०८०

सम्बन्धित शीर्षकहरु
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि अनुसन्धानको दायरामा आउलान ?
शुक्रबार, मंसिर १२, २०८३-
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३
-
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


