

-
काठमाडौं : संरक्षण साझेदार संस्था जुलोजिकल सोसाइटी अफ लण्दन (जेडएसएल) नेपाल कार्यालयको राष्ट्रिय प्रतिनिधिमा डा. भगवान दाहाल नियुक्त भएका छन् ।
दाहाललाई जेडएसएल हेड क्वाटर व्यवस्थापनले मङ्गबार नेपाल कार्यालयको राष्ट्रिय प्रतिनिधिमा मनोनयन गर्ने निर्णय गरेको हो । डा. दाहाल यसअघि जेडएसएल नेपाल कार्यालयमा उपराष्ट्रिय प्रतिनिधि भएर काम गर्दै आएका थिए । आगामी अक्टुवर १ बाट लागु हुने गरी दाहाललाई राष्ट्रिय प्रतिनिधिको जिम्मेवारी दिइएको छ ।
संरक्षणका कामलाई नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यका साथ जेडएसएल सन् २०१४ मा स्थापना भएको एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो ।
दाहालले सो संस्थामा सन् २०१४ बाट काम गर्दै आएका छन् । ट्रान्सबाउण्ड्री टाइगर प्रोजेक्ट म्यानजर भएर २०१८ सम्म काम गरेका दाहाल सन् २०१९ जनवरीबाट नेपाल कार्यालयको उपराष्ट्रिय प्रतिनिधि भएर काम गर्दै आएका थिए ।
गत जुलाई महिनामा सो पदका लागि ग्लोबल दरखास्त आह्वान गरिएको थियो ।
प्राकृतिक स्रोत व्यवस्थापन तथा वन विज्ञानमा विज्ञता हासिल गरेका ६० जना भन्दा बढी विज्ञहरुले सो पदका लागि प्रतिष्पर्धा गरेका थिए । पहिलो चरणमा २० जना छनौटमा परेका विज्ञ प्रतिष्पर्धीहरुलाई अन्तिम चरणमा सात जना छनौट गरिएको बताइएको छ । सात जना मध्येबाट डा. दाहाल सो पदका लागि मनोनयन भएका हुन् ।
डा.दाहालले यस अघि रेडपाण्डा नेटवर्कमा सन् २००९ देखि २०११ सम्म राष्ट्रिय आयोजना प्रमुख भएर काम गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट जुलोजीमा स्नातकोत्तर गरेका दाहालले जर्मनबाट माष्टर्स अफ साइन्स इन ट्रोपिकल इकोलोजीमा स्नातकोत्तर तहको शिक्षा आर्जन गरेका छन् । उनले अष्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयबाट सन् २०१५ मा विद्यावारिधि उपाधी हासिल गरेका छन् ।संरक्षण साझेदार संस्थामा विज्ञहरुको उपस्थिति
नेपालका संरक्षण साझेदार संस्थाहरु डब्लुडब्लुएफ, जेडएसएल, आइयूसिएन, इसिमोड लगायतका संस्थाका प्रमुखमा विषय विज्ञ व्यक्तिहरुको उपस्थिति देखिएको छ ।अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट विशेषज्ञता हासिल गरेका व्यक्तिहरु संरक्षण साझेदार संस्थाका प्रमुखमा उपस्थिति हुनुले नेपालका संरक्षण अभियानलाई थप टेवा पुग्ने विश्वास गरिएको छ । डब्लुडब्लुएफको नेपाल राष्ट्रिय प्रतिनिधिमा डा।घनश्याम गुरुङले नेतृत्व गरिरहेका छन् । जेडएसएलमा यस अघि डा. हेमसागर बरालले नेतृत्व समालिरहेका थिए भने हाल डा. भगवान दाहाललाई नेतृत्व दिइएको छ ।
त्यसैगरी आइयूसिएन नेपाल कार्यालयको प्रमुखमा डा. नरेन्द्रबाबु मान प्रधानलाई केही दिन अघि जिम्मेवारी दिइएको छ । त्यसैगरी इसिमोडको महानिर्देशकमा डा. पेमाले नेतृत्व गरिरहेका छन् ।
संरक्षण साझेदार संस्थाहरुको नेतृत्वमा रहेका विषय विज्ञहरुको अनुभव, ज्ञानलाई वन तथा वातावरण मन्त्रालयको नेतृत्वले बढी भन्दा बढी सदुपयोग गर्न सके नेपालको संरक्षण अभियान अझ सुदृढ हुने कुरामा दुइमत छैन ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ज्ञान तथा विज्ञता हासिल गरेका अनुभवले खारिएका संरक्षण साझेदार संस्थामा नेतृत्व गरेका व्यक्तिहरुले वन तथा वातावरण मन्त्रालयको नेतृत्व गरेको टीमलाई आवश्यक सहयोग गर्न जरुरी छ ।
News Desk 0 response बुधबार, भदौ २०, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


