

-
सिरियामा आर्थिक सङ्कटको सामना गरिरहेका सरकार नियन्त्रित क्षेत्रका झण्डै ४० लाख विद्यार्थी विद्यालय फर्किएका छन् ।
सिरियाको शिक्षा मन्त्रालयले विद्यार्थीका लागि विद्यालय पोसाकमा कडा नियम लागू नगर्न आग्रह गरेको त्यहाँको समाचार संस्था, सानाले जनाएको छ ।
सिरियामा झण्डै ३७ लाखभन्दा धेरै विद्यार्थीका लागि १४ हजार ५ सय ५ विद्यालयबाट पठनपाठन गराउने गरी शैक्षिक सत्र शुरू भएको छ । सन् २०११ देखि भइरहेको युद्धका कारण सिरियाको शैक्षिक पूर्वाधारमा व्यापक विनाश भएको छ । जसले गर्दा शैक्षिक सुविधाहरूमा असर पारेको छ, धेरै विद्यालय भवनहरू भत्किएका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार धेरै शैक्षिक सुविधाहरू क्षतिग्रस्त वा नष्ट भएको छ । बालबालिकालाई राख्ने कक्षाकोठा समेतको अभाव छ । विद्यालय जाने उमेरसमूहका एक तिहाइ अर्थात् झण्डै २४ लाख बालबालिका विद्यालय गएका छैनन् भने अन्य १६ लाख बालबालिका विद्यालय छाड्ने जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकायले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
सिरियामा द्वन्द्वका कारण पाँच लाखभन्दा बढीको ज्यान गइसकेको छ । लाखौँ मानिस विस्थापित भएका छन् ।
News Desk 0 response सोमवार, भदौ १८, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


