• कंगोमा सुन ओसारपसार हुँदै गरेको गाडीमा आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई चिनियाँ नागरिक, एक जना सैनिक र ड्राइभर रहेका छन्।  

    फिची क्षेत्रमा किम्बी नदी नजिकैको उत्खनन क्षेत्रबाट टीएसएम माइनिङको चारवटा गाडीमा सुन किभु प्रान्त लगिँदै थियो । त्यही बेला गुडिरहेको गाडीलाई एमरबुसमा पारेर हतियारधारी समूहले आक्रमण गरेको हो ।

    आक्रमणकारीहरुले गाडीमा रहेको सुनका ‘पार्सल्स’हरु चोरी गरेर लगेका छन् ।  सो आक्रमणमा परी ३ जना घाइते भएका छन् ।

    आक्रमणकारीहरु फिचीको छिमेकी क्षेत्र मनिएमाबाट रहेको अनुमान गरिएको छ । कंगोको धेरै ‘माइनिङ फर्म’ मा चिनियाँ लगानी छ। यो क्षेत्रमा रहेको सुन खानीमा सशस्त्र समूहको निसानामा बारम्बर पर्ने गर्छ। जसकारण यहाँका स्थानीय, चिनियाँ अधिकारी र सशस्त्र समूहबीच समय–समयमा झडप हुने गर्छ।