

अमेरिका लैजाने भन्दै ५६ लाख भन्दा धेरै रकम असुल्ने गिरोहका नाईके भारतमा बेपत्ता
बिदेश जान पनि नपाउने र पैसा फिर्ता पनि नहुने भएपछि पीडितहरु प्रहरीको शरणम जान बाध्य भएका हुन् । उनीहरुले अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका छन् ।
-
काठमाडौं ।
नेपालीलाई अमेरिकालगायतका बिदेशी देशमा लैजाने भन्दै लाखौ रुपैयाँ लिएर ठगी गर्ने गिरोह बढेको छ । सिन्धुपाल्चोक तथा अन्य जिल्लाका युवालाई अमेरिका पठाईदिने वहानमा रकम असुलेर सिन्धुपाल्चोकका एक व्यक्ति भारतमै बेपत्ता भएका छन् । गिरोहको नाईके नै भारतमा लुकेका कारण पीडितहरु समस्यामा परेका छन् । अमेरिका पठाउने भन्दै सुरुमा पैसा मागेर सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नम्वर दुईका प्रकाश पौडेललगायतको गिरोह भारत भासिएको हो । पौडेलले चिनजानका आधारमा सयौं युवालाई ठगेर पैसा लिँदै वेपत्ता भएको पीडित मध्येका ध्रुव थापाले बताए । उनको समुहमा मीनवहादुर थापालगायतका मानिस रहेको पीडितहरुको भनाई छ ।
पीडितहरुले बिभिन्न समयमा बिभिन्न बैंकमा रुपियाँ दाखिला गरेको भौचर तथा मोवाईल बैकिगका स्कृनसर्टहरु लिएर बसेका छन् । पैसा दिएर लामोसमय हुँदा पनि बिदेश जान नपाएको र पैसा पनि फिर्ता नदिएका कारण उनीहरु प्रहरीसमक्ष उजुरी गर्न पुगेका छन् । उनीहरुले बिभिन्न व्यक्तिलाई अमेरिका,क्यानडा तथा मेक्सिको लैजाने भन्दै ५६ लाख रुपैयाँ भन्दा धेरै ठगी गरेको प्रमाण फेला परेको छ । अझै उजुरी गर्न वाँकी धेरै भएका कारण यकिन तथ्यांक बाहिर आएको छैन ।

पीडितहरुले प्रकाश पौडेकको श्रीमती कुमारी पूजा, बिनय थापा,कृष्णप्रसाद कँडेल र कमल क्षेत्रीको नाममा बिदेश जान पैसा जम्मा गरेको सिन्धुपाल्चोक बाह्रबीसेका भीमसेन राउतले जानकारी दिए । ठगिनेमा म्याग्दीका युवा पनि रहेका छन् । धेरै जसो सिन्धुपाल्चोकका रहेका छन् ।

उनीहरुले बिनय थापाको नाममा लाखौ रुपैयाँ पटक पटक जम्मा गरेका छन् । त्यस्तै प्रकाश पौडेलकी श्रीमती कुमारी पूजाको नाममा र कृष्णप्रसाद कँडेलको नाममा पटक पटक पैसा हाल्न लगाएको सिन्धुपाल्चोक भोटेकाशी गाउँपालिका १ का टासी शेर्पाले बताए । बिदेश जान पनि नपाउने र पैसा फिर्ता पनि नहुने भएपछि पीडितहरु प्रहरीको शरणम जान बाध्य भएका हुन् । उनीहरुले अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका छन् ।
News Desk 0 response शनिबार, भदौ १६, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


