• काठमाडौं : सशस्त्र प्रहरीका १२ जना उपरीक्षकहरूलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

    बिहीबार बसेको बढुवा समितिले  रिक्त रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा १२ जना उपरीक्षकहरुको बढुवा गरेको हो ।

    बढुवा सूचीको पहिलो नम्बरमा राजेश उप्रेती रहेका छन् । यस्तै बढुवा सूचीको अन्तिममा तेज प्रसाद पोखरेलको नाम रहेको छ ।

    बढुवा सिफारिसमा चित्त नबुझ्ने उपरीक्षकहरुले सात दिनभित्र उजुरी दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ ।