

-
भक्तपुर । पारस्परिक जवाफदेहिता कार्यक्रमअन्तर्गत इक्वेल एक्सेस नेपालले आयोजना गरेको दुई दिने पुनर्ताजगी पत्रकारिता तालीम बुधबारदेखि यहाँ शुरु भएको छ ।
इक्वेल एक्सेस नेपालले विगत वर्षहरूमा आयोजना गरेको खोजमूलक पत्रकारिता तालीम र पैरवी अनुगमन तथा निगरानी तालीमपछि देशभर क्रियाशील रहेका ३४ जिल्लाका पत्रकार तालीममा सहभागी छन् । तालीमपछि उठान गरिएका विषय तथा प्रकाशन भएका समाचारले स्थानीय विकास खासगरी शिक्षा, स्वास्थ्य, कृषि, विपद् तथा लैङ्गिक समता र समावेशीकरणका लागि वकालत गर्न मद्दत पुगेको इक्वेल एक्सेस नेपालका वरिष्ठ सञ्चार अधिकृत कमला पोखरेलले जानकारी दिनुभयो ।
यसपटक विगत वर्षहरूमा उपलब्ध गराएको तालीमको उपलब्धता, त्यस तालीमप्रति सहभागी पत्रकारको धारणा र सिकाइको समीक्षा तथा भावी योजनाका बारेमा छलफल गर्ने उद्देश्य रहेको उहाँले सुनाउनुभयो । भेलामा स्थानीय तहको विकास र जनचासोको सवालमा खोज पत्रकारिता र पैरवी पत्रकारिताको महत्व एवं पत्रकारको भूमिकाका विषयमा बुधबार एफएचआई ३६० का विज्ञ सल्लाहकार भोला भट्टराईको प्रस्तुति थियो । प्रस्तुतिका क्रममा उहाँले सार्वजनिक सरोकारका विषयमा नीतिगत तवरले समाचारका विषय उठाउनुपर्नेमा जोड दिनुभयो ।
आज पत्रकार हरिबहादुर थापा र किरण नेपालले स्थानीय तहको विकास र जनचासोको सवालमा खोज पत्रकारिता र पैरवी पत्रकारिताको महत्व तथा पत्रकारको भूमिकाका विषयमा अनुभवसहितको प्रस्तुति गर्नुहुने जनाइएको छ । इक्वेल एक्सेसले भूकम्प अतिप्रभावित १४ जिल्लामा महत्वका साथ साझा सवाल लगायत पारस्परिक जवाफदेहिताका विषय उठानमा काम गरिरहेको सो अवसरमा जानकारी दिइएको थियो । रासस
News Desk 0 response बिहिबार, पुस ३, २०७६

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



