• काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शन पोखरा महानगरपालिकाले पनि रोक लगाएको छ । पोखरा महानगरपालिकाले आफ्नो नगर क्षेत्रका हलमा फिल्म रोक्न पत्राचार गरेको हो।

    मेयर धनराज आचार्यले एक पत्र लेख्दै स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउनलाई फिल्म रोक्न पत्र पठाएका छन्।

    आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले आजदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाइसकेको छ । फिल्म निर्माण कम्पनी सुपर क्यासेट्सले काठमाडौं महानगरका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई आइतबार बेलुका पठाउँदै फिल्ममा समावेश संवादले संवेदनामा पर्न गएको चोटप्रति माफी मागेको छ । तर फिल्ममा समावेश विवादित सम्वाद हटाउने बिषयमा भने केही बताएको छैन ।

    ‘आदिपुरुष’ चलचित्रको विवाद भने दिन प्रतिदिन बढ्दो छ । फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद सच्चिएको छैन । भारतीय फिल्मको प्रदर्शनमा रोक्न एकपछि अर्को गर्दै नेपाल महानगरपालिकाहरु अगाडि सरेका छन् ।