

-
काठमाडौं ।
२०७२ साल साउनमा स्थापना भएको सेवक नेपालले चन्दा संकलनको माध्यमवाट बालगृह भवन निर्माण गरेको छ । असहाय र अशिक्षित वालबालिकालाई संरक्षण गर्ने योजनाका साथ यो भवन निर्माण गरिएको हो । अहिले यहाँ २६ वालबालिका आश्रय लिएर अध्ययन गरिरहेका छन् । भवन निर्माण र वालबालिकाको खाना, वसोवास र अध्ययनका लागि बिभिन्न दातृनिकायले सहयोग गरेका छन् , जसमा दुई लाख रुपैयाँदेखि हजाररुपैयाँसम्म दान दिने व्यक्तिहरु छन् ।
संस्था दर्ता भए पश्चात अनेकन परोपकारी कार्य गर्दै बालगृह सञ्चालनको लागि जग्गा खरिद तथा जग्गामा भवन निर्माणको शिलान्यास गरी कार्य अघि बढाइएको थियो । कार्यसमितिले जिम्मेवारी पाएको पहिलो बैठकबाट अभिभावक बिहिन बालबालिककाहरुलाई संस्थाको आफ्नै जग्गामा बालगृह भवन निर्माण गरी संरक्षण दिने उद्देश्यले बालगृह भवन निर्माण कार्य शुरु गरिएको भवन निर्माण संयोजक केशव सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाको संयोजकत्वमा उप–संयोजक राम क्षेत्री, सदस्यहरू देबलाल तिमल्सिना र राजकुमार गौतमको समिति बनेको थियो ।
भवन निर्माणको कार्य तत्काल प्रारम्भ गरी नेपाल सरकारको खरिद ऐन २०६३ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा भवन निर्माण सामाग्री र भवन निर्माण ज्यालाको छुट्टा–छुट्टै टेण्डर गरिएको र मार्फत पारदर्शी ढंगबाट गरी उक्त टेण्डरहरुलाई सारभूत रुपमा प्रभावकारी रहेको सबैभन्दा कम दर, रेट, मूल्य प्रस्ताब गर्ने कम्पनी तथा संस्था मार्फत बालगृह भवन निर्माण कार्य शुरू गरिएको सापकोटाको भनाई छ ।भवन निर्माण शुरू गर्दा सेवक नेपाल संस्थासँग भवन निर्माण गर्न पर्याप्त रकम थिएन । बर्तमान कार्य समिति तथा देशबिदेशमा रहनु भएका सम्पूर्ण अभियन्ताहरूको अदम्य शाहस र सकृयताको साथै सहयोगले बालगृह भवन निर्माण कार्य सम्पन्न भएको छ ।
देश विदेशबाट भवन निर्माण सहयोगको अभियान सञ्चालन गर्नु हुने संस्थाका अध्यक्ष यज्ञप्रसाद चौलागाई, उपाध्यक्ष गोविन्द गौतम, महासचिव काशीनाथ रिमाल, कोषाध्यक्ष बुद्धप्रसाद गौतमलगायत देबलाल तिमल्सिना तिर्थकुमारी राई शिव भट्ट, श्री केशब भण्डारी, बुद्धिबहादुर शिवभक्ती तोयानाथ चौलागाई गंगादेवी पौडेल रबि तिमल्सिना नवराज तिवारी,तेजप्रसाद चौलागाई, रामदत्त जोशी रमेश श्रेष्ठ हरिशरण न्यौपाने,समिर चौलागाई, लगायतको बिशेष योगदान रहेको छ ।

निर्माणमा सहयोगी दाताहरुको नामावली सेवक नेपालको कार्यालयमा राखिएको छ । उक्त तीन तल्लाको मुख्य भवन, २ तल्लाको प्रशासनिक भवन, किचेन स्टोर, खेल मैदान सम्पूर्ण संरचनामा तारबार लगाई २०८० साल जेठ २७ गते प्रतिनिधिसभाका उपसभामुखबाट बालगृह भवन उद्घाटन हुने भएको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ २६, २०८०

सम्बन्धित शीर्षकहरु
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३
-
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने :..
मङ्लबार, जेष्ठ १२, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



