

-
जेरूसेलम । महिनौको प्रयासपछि पनि इजरायलले एक बर्षमा तेस्रो पटक तेस्रो निर्वाचनलाई टार्न गरेका प्रयासहरू अन्ततः विफल भएका छन् । एकै बर्षमा तीन पटक निर्वाचन हुने संयोग यहूदी राज्य इजरायलको इतिहासमा पहिलो पटक हो ।
अप्रिल र सेप्टेम्बरमा भएका चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू तथा मध्यमार्गी प्रतिद्वन्द्वी बेन्नी गान्ट्ज कसैलाई पनि निर्वाचन गर्नको लागि स्पष्ट बहुमत नदिएपछि दुई प्रतिस्पर्धीलाई पछिल्लो निर्वाचनपछि संयुक्त सरकार बनाउन राष्ट्रपतिबाट गरिएको आग्रह पनि बुधबार राति सकिएको छ ।
निर्वाचनले एक वर्षमा सरकार गठन गर्न असमर्थ रहेका राजनीतिज्ञहरूप्रति गहिरो ध्रुवीकरण र असन्तुष्टि निम्त्याउने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन् ।
अद्यापि नयाँ निर्वाचनमा प्रधानमन्त्री नेतन्याहू तथा उहाँका प्रतिस्पर्धी गान्ट्जबीच नै कसिलो र सरकार निर्माणका लागि सार्थक अबसर मिल्नेछ । कसले बाजी मार्ने हो हेर्न अझै डेड बर्ष पर्खिनु पर्नेछ ।
इजरायलमा व्यापक भ्रष्टाचार बढेको र यसमा प्रधानमन्त्री आफै र उहाँका सहयोगीसमेत मुछिएको आरोप प्रतिपक्षी दलहरूले लगाउने गरेका छन् ।
ती दुई व्यक्ति एकताको सरकार गठनको बारेमा बुधबार रातिसम्म पनि छलफल गरिरहेका थिए तर राति १२ः०० बजेपछि यहाँको कानूनअनुसार संसद् (नेसेट) स्वत भङ्ग भयो ।
“उनीहरूले हामी माथि नयाँ चुनाव गर्न बाध्य तुल्याए,“ नेतान्याहूले आफ्नो लिकुड पार्टीले गान्त्जको ‘ब्लु एण्ड ह्वाइट’ पार्टीलाई उल्लेख गर्दै एक भिडियोमा भन्नुभयो ।
निर्वाचनलाई पटक पटक गर्ने अवस्था नल्याउन कुनै एक दलले स्पष्ट बहुमत ल्याउनुको विकल्प छैन । जनताले पुनः एक पटक लिकुड पार्टीलाई विजय गराउनेछन् ।
इजरायलमा अब मार्चमा निर्वाचन हुनेछ । यद्यपि निर्वाचनका लागि मिति भने तोकिएको छैन ।
त्यस्तै गान्ट्जको ‘ब्लु एण्ड ह्वाइट’ पार्टी पक्षधर नेता तथा सांसदहरूले भनेका छन्, “इजरायलमा प्रधानमन्त्री नेतन्याहूको दलले निर्वाचन जितेमा देशले थप भ्रष्टाचारको सामना गर्नुुपर्नेछ । देशको अर्थब्यवस्था थप कमजोर बन्नेछ ।”
उनीहरूको आरोप छ, “इजरायली प्रधानमन्त्रीले आफूलाई राष्ट्रवादी नवनाउँदा र सधैँ विशेषाधिकारको खोजी गर्दा देशले पटक पटक निर्वाचनमा जानुपरेको छ ।”
इजरायलका जनताबीच पटकपटकका निर्वाचनपछि पनि देशको राजनीतिक सङ्कट कायम रहनु र निर्वाचनमा मात्रै तीन अर्ब ४० करोड अमेरिकी डलर खर्च हुनुपर्ने बाध्यतालाई लिएर नेताहरूप्रति वितृष्णा जागेको देखिन्छ ।
इजरायलको च्यानल १३ टिभीले लिएको सर्वेक्षणअनुसार ४३ प्रतिशत नागरिकले यो अन्योल सिर्जना हुनुमा दोषी प्रधानमन्त्री नेतन्याहू भएको पाइएको छ । पाँच प्रतिशतले नेता गान्ट्जलाई दोषी मानेका छन् । रासस/एएफपी
News Desk 0 response बिहिबार, मंसिर २६, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



