

-
प्रदेशमा आवश्यक नयाँ कर्मचारी भर्ना र भएका कर्मचारीको वृत्तिविकास आफैँले गर्न २०७६ सालमा प्रदेश लोकसेवा आयोग गठन भएको छ ।
अधिकृत तहभन्दा माथि कर्मचारी भर्ना गर्दा मुख्यमन्त्री कार्यालयमार्फत प्रदेश लोक सेवामा माग गर्नुपर्ने व्यवस्था छ भने पाँचौँ तहसम्मका कर्मचारी आवश्यक परे सम्बन्धित मन्त्रालयले सिधै माग गर्नसक्ने छन् ।
तर, लुम्बिनी प्रदेशको कृषि मन्त्रालयले गएको आर्थिक वर्षमा कृषि र पशुपन्छीतर्फका चार सय ३६ जना प्राविधिकलाई अस्थायी भर्ना ग¥यो । प्रदेश निजामती ऐन नबनेकाले प्रदेश सरकारको निर्णयअनुसार अस्थायी दरबन्दी सिर्जना गरी कर्मचारी भर्ती गरियो । ती कर्मचारीको मासिक तलबमा मात्रै एक करोड ३९ लाख ५२ हजार खर्च हुन्छ ।
संघ र प्रदेशले ऐन बनाउन ढिलाइ गर्दा प्रदेश मातहतका कार्यालयहरूले रिक्त पदमा अस्थायी कर्मचारी भर्ना गरेर पदपूर्ति गरिरहेका छन् । लुम्बिनी प्रदेशमा आवश्यक कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा छ । तर, अधिकांश कार्यालयले अस्थायी कर्मचारी नियुक्त गरेका छन् ।
जनशक्ति अभावको बहानामा गरिएका नियुक्तिमा स्थायी कर्मचारी पदपूर्ति गर्न भने प्रदेश सरकारले चासो देखाएको छैन ।प्रदेश मातहतका कार्यालयहरूमा ५० प्रतिशत बढी दरबन्दी खाली छ । अधिकांश कार्यालयमा अस्थायी कर्मचारी भर्ना गरिएकाले लोक सेवामा सिमित मात्र कर्मचारी माग भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक हजार ६ सय ८४ जनाको दरबन्दी रिक्त छ ।
वन तथा वातावरणमा तीन सय ७५, कृषि तथा भूमि व्यवस्थामा एक सय ४६, भौतिक पूर्वाधार विकासमा एक सय ४५ र खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयमा एक सय २७ दरबन्दी खाली छन् ।
कर्मचारी सिंहदरवार थुप्रने प्रकृयाले संघीयतामा कर्मचारी सकारात्मक नभएको देखिन्छ ।
नियम वनाउने निकायनै नियम मिच्न लागेको आरोप लाग्न थालेको छ । प्रदेश तथा स्थानीय तहमा चाहिने जनशक्ति अझै पूर्ति हुन बाँकी छ । संघीयताको सन्दर्भमा संघ सरकारको जिम्मेवारी पुरा गर्न संघ सरकारका विषयगत मन्त्रालयहरूको क्षमता कम रहेको छ । उनीहरू अब जिम्मेवार नरहने वा कम जिम्मेवार हुने कार्यान्वयनसँग सम्बद्ध कार्यहरूमा भने उनीहरुको क्षमता उच्च रहेको छ । प्रदेश तथा स्थानीय सरकारका तहमा प्रशासनिक पूर्वाधार तथा अन्तर–आबद्धताको विकासमा मापनयोग्य प्रगति भएको सरकारी तथ्य छ ।अधिकांश प्रदेश तथा स्थानीय सरकारहरू उनीहरूको प्रशासनिक पूर्वाधार तथा अन्तर–आबद्धताको विकासको प्रक्रियामा छन् । सबै प्रदेशका अधिकांश मन्त्रालयहरूमा विद्युत्, टेलिफोन तथा इन्टरनेटको सुविधा पुगेको छ । करिब ५४ प्रतिशत स्थानीय सरकारहरूसँग उनीहरूले प्रयोग गरिरहेका भवनहरूमध्ये कहीमा स्वामित्व छ । नगरपालिकासँग नगर सभाका लागि आवश्यक पर्ने सभा कक्ष उपलब्ध रहेको जनाएका छन् ।
८२ प्रतिशत गाँउपालिका र नगरपालिकाहरू विद्युत्को राष्ट्रिय ग्रीडसँग जोडिएका छन् । करिब सबै गाँउपालिका र नगरपालिकाका केन्द्रहरू सडक सञ्जालले जोडिएका छन् र करिब ४७ प्रतिशत नगरपालिकाहरूको कार्यालय भवनको निर्माण कार्य जारी रहेको छ । प्रदेशहरूमा पर्याप्त कम्प्युटरहरू उपलब्ध छन् र प्रत्येक कर्मचारीले एउटा कम्प्युटर चलाउन पाउने स्थिति रहेको छ । तर, कर्मचारीको अभाव सँधै जसो देखिन्छ ।
संघ, प्रदेश तथा स्थानीय सरकारहरूमा दरबन्दीको आवश्यकताको पहिचान गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिएको थियो । यसले कर्मचारीहरूको समायोजन गर्न सहयोग पु¥याएको थियो । सार्वजनिक सेवाअन्तर्गतका निजामती कर्मचारीहरूलाई संघ, प्रदेश तथा स्थानीय सरकारमा गरिएको समायोजनले प्रदेश तथा स्थानीय सरकारहरूलाई संविधान प्रदत्त अधिकारको प्रयोग गर्न केही हदसम्म सहज भएको छ ।
केही प्रदेशमा लोक सेवा आयोगले स्थानीय तहमा रहेको कर्मचारीको अभावलाई पूर्ति गर्नका लागि भर्ना प्रक्रिया शुरु गरिसकेको छ । संघ सरकारका वरिष्ठ सह–सचिवहरूलाई प्रदेश सरकारका सचिवको रूपमा गरिएको सरुवा प्रदेश तहमा जनशक्तिको क्षमता बढाउने तथा संघीयताको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यका साथ गरिएको थियो ।अधिकांश प्रदेश तथा स्थानीय सरकारहरूका पदाधिकारीहरुले संघीय मामिलाका विषयमा तालिम प्राप्त गरेका छन् । तर, प्रशासनिक निकायको उपल्लो तहमा जथाभावी उच्च कर्मचारीको ब्यवस्था हुँदा समस्या आएको छ । जसले संघीय संरचनालाई नै धज्जी उडाएको छ ।
सिंहदरवारमा थुप्रिने उच्च कर्मचारीको कारण तल्लोतहमा चरम निराशा छाउन थालेको बिश्लेषण हुन थालेको छ । आफू अनुकूलका व्यक्तिलाई सचिव बनाउन विशिष्ट श्रेणीको संख्या थपेको सरकारले काम नपाएपछि सचिवको आवश्यकता अध्ययन गर्न कार्यदल नै गठन गरेको छ ।
त्यसो त यसअघि सरकारले नै गठन गरेका आयोग र समितिले समेत मन्त्रालय र सचिवको संख्या घटाउन सिफारिस गरिरहेका छन् । तर ती सिफारिसको वेवास्ता हुँदै आएको छ । अहिले सरकारले भूमिका नपाएका सचिवलाई जिम्मेवारी दिनकै लागि कार्यदल बनाएर भ्रम छर्ने काम गरिरहेको छ ।अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेभसाईटमा उल्लेख भएअनुसार ८ सचिव प्रधानमन्त्री कार्यालयमा छन् । दिनेश भट्टराई,अर्जुनप्रसाद पोखरेल, उदयराज सापकोटा, सुमनराज अर्याल,डा. गणेशप्रसाद पाण्डेय, राम आधार साह, खगेन्द्रप्रसाद नेपाल डा. बैकुण्ठ अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् ।
स्वास्थ्य तथा जनसंख्या,अर्थ, उद्योग, उर्जा, कृषि र शिक्षा मन्त्रालयमा २÷२ जना सचिव छन् । यसका अलवा महालेखा परिक्षक र महान्यायाधिवक्ताको कार्यालयमा ४÷४ जना सचिव सरहका कर्मचारी छन् । सहसचिवबाट अवकाश हुन लागेका र आफू अनुकूलका व्यक्तिलाई विशिष्ट श्रेणाीमा लग्न दरबन्दी थप्ने प्रवृत्तिकै कारण अहिले सचिव दरबन्दी संख्या ७४ पु¥याइएको छ ।
केन्द्रमा सचिवहरुले नै काम पाइरहेका छैनन् । उता प्रदेशमा प्रमुख सचिव नभएर काम प्रभावित हुँदै हुने अवस्था छ । मधेश प्रदेशसहित अन्य प्रदेशमा पनि बेलाबेलामा प्रमुख सचिव र सचिव खाली हुने गरेका छन् ।
२०६३ सालसम्म प्रधानमन्त्री कार्यलयमा २ र अन्य निकायमा १ जना मात्र सचिव रहने गरेका थिए । तर पछिल्लो समय राजनीतिक अभिष्ट पूरा गर्न सचिवको संख्या अनावश्यक बढाएर राज्य कोषमा भार थपिएको छ ।
कुनै पनि मन्त्रालयमा दुई सचिव नै आवश्यक नभएको जानकारहरु बताउँछन् । नेपालमा मन्त्रालयका संख्यानै घटाउनु पर्ने आवाज छ । राष्ट्रलाई बोझ बनाउने काम गलत भएको उनीहरुको भनाई छ ।
News Desk 0 response मङ्लबार, बैशाख १९, २०८०
कुनै ब्यक्तिलाई प्रमोशन गर्न दरवन्दी थप्ने काम गलत छ । तल्लो तहमा बसेका सचिवको माथि पाँच बर्ष गणना नहुने हो भने पनि केही समस्या समाधान हुने छ । कतिपय समयमा सरकारले नै निर्माण गरेको नियमावलीलाई पनि कर्मचारीले धोती लगाउने गरेका छन् ।
लोकदर्शन रेग्मी मुख्यसचिव हुँदा कर्मचारीलाई बार्षिक कार्यक्रमको लक्ष्य प्राप्ति हुने बाहेक स्थानमा खटाउनै नपाउने नियम बनाएको थियो । तर, यो निर्णय रेग्मीले नै लागू गरेनन् नत त्यसपछि नै लागू भयो ।

सम्बन्धित शीर्षकहरु
-
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३ -
काठमाडौंमा सुकुम्वासी बस्ती खाली गर्दा १५ हजार..
बिहिबार, बैशाख २४, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३
-
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३ -
काठमाडौंमा सुकुम्वासी बस्ती खाली गर्दा १५ हजार..
बिहिबार, बैशाख २४, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३



