

-
श्रीलङ्काको प्रहरीले साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पछिल्लो कारबाहीमा पर्नेहरूमा धेरैजसो चिनियाँ र भियतनामी नागरिक रहेका प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
अन्तर्राष्ट्रिय रूपमा अपराधको जालो फैलाई साइबर अपराध गर्दै आएको आपराधिक समूहले अनलाइन क्रिप्टोकरेन्सी घोटाला लगायतका माध्यमबाट वार्षिक अर्बौँ अमेरिकी डलर बराबरको हिनामिना गरेको खबरमा उल्लेख छ ।
अपराधमा संलग्न व्यक्तिहरू पर्यटन भिसामा श्रीलङ्कामा प्रवेश गरी आपराधिक कार्यमा संलग्न रहेका प्रहरी प्रवक्ता फ्रेडरिक वूटलरले बताउनुभएको छ ।
यस्तै साइबर क्यामेरा सञ्चालन गरेको आरोपमा एक महिनाअघि श्रीलङ्काकोएक होटलबाट धेरैजसो चिनियाँसहित १५२ जना विदेशी नागरिक पक्राउ परेका थिए ।
आप्रवासन अधिकारीहरूले गएको मार्चमा १३५ चिनियाँ नागरिकलाई यस्तै घोटालाको आरोपमा पक्राउ गरी निर्वासित गरिएको जनाएका छन् ।
News Desk 0 response बिहिबार, बैशाख २४, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



