

-
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले बौद्धिक अपाङ्गता भएका व्यक्तिको रक्षाका लागि सबै एक भएर काम गर्नुपर्ने बताउनुभएको छ ।
२८औँ अन्तरराष्ट्रिय अपाङ्ग दिवसका अवसरमा एशियाली बौद्धिक अपाङ्गता महासङ्घको २४औँ सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्दै उहाँले अपाङ्गता भएका व्यक्तिलाई अरु व्यक्ति सरह व्यवहार गरी शैक्षिक तथा समग्र विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
उपराष्ट्रपति पुनले भन्नुभयो,“शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि उचित वातावरण पाएमा धेरै राम्रो गर्न सक्छन्, त्यसका लागि परिवार, समाज र राष्ट्रले सहयोग गर्नुपर्छ ।” विश्वमा अपाङ्गता भएका व्यक्तिले फरक तरिकाले काम गर्दै कीर्तिमान कायम गर्दै आएको उहाँले स्मरण गर्नुभयो । उपराष्ट्रपति पुनले नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिको सम्मान, सुरक्षा र सहभागिताको व्यवस्था गरेको र सार्वजनिक सेवा, राजनीति, आर्थिक तथा सामाजिक विकासमा सहभागी गराएको जानकारी गराउनुभयो ।
बौद्धिक अपाङ्ग संघका अध्यक्ष मुक्तिनाथ अधिकारीले अपाङ्गता भएका व्यक्तिको थुप्रै चुनौती भए पनि सबैको सहयोग भएमा उनीहरु अगाडि बढ्नसक्ने बताउनुभयो । महासङ्घले वौद्धिक अपाङ्गताको क्षेत्रमा महत्वपूर्ण कार्य गर्न सफल नेपाल, फिलिफिन्स र सिङ्गारपुरलाई पुरस्कार प्रदान गरेको थियो । उपराष्ट्रपति पुनले बौद्धिक अपाङ्ग सङ्घका अध्यक्ष मुक्तिनाथ अधिकारीलाई सो पुरस्कार प्रदान गर्नुभयो ।
शुक्रबारसम्म चल्ने सम्मेलनबारे जानकारी दिँदै महासङ्घका अध्यक्ष सचितानन्द श्रीवास्तवले सम्मेलनमा सुस्त मनस्थिति भएका व्यक्तिको विकासमा कस्ता रणनीति अपाउने भन्ने विषयमा छलफल गरिने बताउनुभयो । महासङ्घमा आवद्ध समाजसेवी, बुद्धिजीवी, शिक्षक, अभिभावक, स्वयम्सेवकलाई विश्वमा विकास भइरहेको नवीनतम् शिक्षण प्रणाली, प्रविधि, पुनःस्थापना र तालिका विधि नेपालमा पनि भित्र्याउन तथा सदस्य राष्ट्रबीच एकापसमा सहयोग अभिवृद्धि गर्न सम्मेलनले मद्दत गर्नेछ ।
नेपालको जनगणना २०६८ सालको तथ्याङ्कअनुसार कूल जनसङ्ख्याको दुई प्रतिशत अपाङ्गता भएको व्यक्ति रहेको उल्लेख छ भने सन् २०११ को विश्व बैंक र विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा कूल जनसङ्ख्याको १५ प्रतिशत अपाङ्गता भएका व्यक्ति भएको उल्लेख छ ।
सम्मेलनमा एशियाका ३५० जनाको सहभागिता रहेको छ । सम्मेलनमा १४ देशका प्रतिनिधिले पाँच विषयमा ३२ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । समापनका अवसरमा काठमाडौँ घोषणपत्र जारी हुनेछ । महासङ्घका नयाँ अध्यक्ष राष्ट्र फिलिपिन्सलाई नेपालले अध्यक्षता हस्तान्तरण गर्नेछ । नेपाल सन् २०१७ मा अध्यक्ष भएको थियो । रासस
News Desk 0 response मङ्लबार, मंसिर १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


