

-
त्रिपोली । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार लिबियामा भएको बालबालिकाको हत्याको निन्दा गरेको छ ।
News Desk 0 response मङ्लबार, मंसिर १७, २०७६
लिबियाको राजधानी त्रिपोलीबाट दक्षिणतर्फको एक नगर युम अल अरानिबमा सोमबार तथा त्यस अघिल्ला केही दिनहरुमा भएको हवाई हमलाका क्रममा ती बालबालिकाको हत्या भएको थियो ।
बालबालिका मारिएको यस घटनाको विश्वका अरु देशहरुले पनि निन्दा गरेका छन् । युनिसेफले मङ्गलबार प्रकाशित विज्ञप्तिमा सो घटनाको निन्दा गर्दै उक्त समाचारले अत्यन्तै दुःख लागेको जनाइएको छ ।
हवाई कारबाहीका क्रममा निर्दाेष बालबालिकाको ज्यान जानु अत्यन्तै दुःखद घटना हो भन्दै यसबाट घाइते भएकाहरुको उपचारका लागि सरकारले उचित प्रबन्ध गरोस् भनी सो विज्ञप्तिमा माग गरिएको छ ।
युनिसेफले लिबियामा हिंसा मच्चाइरहेका विद्रोहीहरुलाई युद्धका क्रममा यसरी बालबालिकालाई तारो नबनाउन र युद्धका क्रममा पनि मानवीयतासम्बन्धी सहयोगको विषयमा हेक्का राख्न आग्रह गरेको छ ।
युद्धमा बालबालिका कुनै पनि किसिमले प्रभावित नहोउन् भनेर पनि युनिसेफले विशेष आग्रह गरेको सो विज्ञप्तिमा जनाइएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
लिबियामा अहिले संयुक्त राष्ट्रसंघको सहयोगमा बनेको सरकार छ । उक्त सरकारका सेनाले गएको आइतबार विद्रोहीहरुले गरेको आक्रमणका क्रममा १४ जना बालबालिका र दुई महिलाको ज्यान गएको जानकारी दिएका थिए ।
सो आक्रमणमा परी अरु पनि कैयौँ नागरिक घाइते भएका बताइएको छ । त्यहाँ विद्रोेहीहरुले हरेक दिनजसो आक्रमण गर्ने गरेका छन् जसका कारण कैयौँ नागरिकको ज्यान जाने गरेको छ ।
गएको आठ महिनामा लिबियामा हिंसाका घटनाहरु बढेका छन् । यसका कारण हजारौँ नागरिकको ज्यान गएको छ । यहाँ हाल संयुक्त राष्ट्रसंघको सहयोगको सरकार रहेको छ ।
तर पनि विद्रोहीहरुले हिंसा त्यागेका छैनन् । उनीहरुको हिंसामा परी एक लाख २० हजार भन्दा बढी नागरिक विस्थापित भएका छन् ।
यसरी विस्थापित हुनेहरु कतिपय स्वदेशमै शरणार्थीका रुपमा बसिरहेका छन् भने कतिपयले भने देशै छोडेर भागेका छन् ।
लिबियाका विद्रोहीहरुलाई हिंसा त्यागेर शान्तिपूर्ण रुपमा समाधान खोज्नका लागि संयुक्त राष्ट्रसंघ र अमेरिकाले पनि बारम्बार आग्रह गर्दै आएका छन् ।
तर पनि उनीहरु तयार भएका छैनन् । संयुक्त राष्ट्रसंघले समय समयमा अघि सारेका शान्तिपूर्ण वार्ताका प्रयासहरु पनि सफल हुन सकेका छैनन् । रासस/सिन्ह्वा

सम्बन्धित शीर्षकहरु
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सबै आरोपी..
मङ्लबार, असार २३, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३ -
फ्रान्सेली राष्ट्रपतिको सिरिया भ्रमणका क्रममा शक्तिशाली विस्फोट
मङ्लबार, असार २३, २०८३ -
संसदीय मर्यादामा सभामुखको कडाइ : सांस्कृतिक पोसाक..
मङ्लबार, असार २३, २०८३ -
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
सोमवार, असार २२, २०८३
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सबै आरोपी..
मङ्लबार, असार २३, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३ -
फ्रान्सेली राष्ट्रपतिको सिरिया भ्रमणका क्रममा शक्तिशाली विस्फोट
मङ्लबार, असार २३, २०८३ -
संसदीय मर्यादामा सभामुखको कडाइ : सांस्कृतिक पोसाक..
मङ्लबार, असार २३, २०८३ -
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
सोमवार, असार २२, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३



