

-
बेत्रावती । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा पार्टी एकतापछि रिक्त रहेको नेतृत्वको जिम्मेवारी बाँडफाँट भएको छ । पार्टी कार्यालयका पदाधिकारीको शुक्रबार काठमाडौँमा सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको संयोजक र सचिव चयन गरेको छ भने १२ वटै स्थानीय तहमा अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज चयन गरेको नेकपा नुवाकोटका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचन क्षेत्र नं १ को संयोजकमा पदम उप्रेती र सचिवमा राजन गौतमलाई जिम्मेवारी दिइएको छ । क्षेत्र नं २ को संयोजकमा राजकुमार रेग्मी ‘सन्देश’ र सचिवमा हरि अधिकारी चयन हुनुभएको छ । प्रदेशसभा १ (क) को संयोजकमा बलराम आचार्य र सचिवमा राजन श्रेष्ठ, प्रदेशसभा १ (ख) को संयोजकमा सुवास तामाङ र सचिवमा जीतबहादुर घलेलाई जिम्मेवारी दिइएको छ ।
प्रदेशसभा २ (क) को संयोजकमा नवीन पुडासैनी र सचिवमा माधव पाण्डे, प्रदेशसभा २ (ख) को संयोजकमा गणेश श्रेष्ठ र सचिवमा सुवास तामाङलाई जिम्मेवारी दिइएको छ । बैठकले स्थानीय तहअनुसार जिल्लाको १२ वटै पालिकाको इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ ।
नेतृत्व चयनको क्रममा दुई पार्टी साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मध्ये एकअर्को गरेर बराबर सङ्ख्यामा पद विभाजन गरिएको छ । प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहमा पदीय विभाजनका लागि ७२ पदमा महिला एक मात्र किस्पाङ गाउँपालिकाको सहइन्चार्जमा श्रीमाया लामा चयन हुनुभएको छ । नेकपा नुवाकोटका नारायणप्रसाद खतिवडाको अनुसार वडा कमिटी विस्तार गर्न सम्बन्धित स्थानीय तहको नेतृत्वलाई जिम्मेवारी दिइएको छ । रासस
News Desk 0 response शनिबार, मंसिर १४, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


