

-
काठमाडौं ।
पुरानो मिति राखेर तीस जना सचिवको कार्यक्षेत्र हेरफेर गरेपछि सत्ता साझेदार दलका मन्त्रीहरु प्रधानमन्त्री केपी ओली संग आक्रोसित भएका छन् । गृहमन्त्री रामवहादुर थापाले आफूलाई कुनै जानकारी नै नदिई गृहसचिव सुरुवा गरेर प्रेम राईलाई नयाँ गृहसचिव बनाएको भन्दै गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोखेका थिए । माओवादी केन्द्रका तर्फवाट सरकारमा सहभागि मन्त्रीहरुलाई शान्त रात्री भोजको आयोजना गरेर गृहमन्त्री थापाले राति ९ बजेदेखि १२ बजेसम्म बैठक गरेका थिए । बैठकमा माओवादी मन्त्रीहरुले प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा एकलौटी गरिरहेको भन्दै उनी भारतबाट र्फकनासाथ ‘अब्जेक्सन’ जनाउने निर्णय गरेको वताईएको छ ।
‘प्रधानमन्त्री केपी ओलीले सचिवहरुलाई मन्त्रीप्रति उत्तरदायी नभई प्रधानमन्त्रीप्रति नै उत्तरदायी बनाउन खोजेको माओवादी मन्त्रीको भनाई थियो । गृहमन्त्रालयमा आफू संग सल्लाह नै नगरी एमालेभक्त प्रेम राईलाई ल्याइएको थापको भनाई छ ।
प्रधानमन्त्री ओलीले भारत जाने बेलामा क्याबिनेटको बैठकै नराखी गलत प्रक्रियाबाट सचिवहरुको सरुवा गरेको माओवादी मन्त्रीहरुको आरोप छ । यसरी एकलौटी ढंगबाट सरकार चल्न नसक्ने भन्दै भेलामा गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोखेको सहभागी एक मन्त्रीले वताए ।
क्याबिनेटले गरेको निर्णय भन्दै सचिवको सरुवा गरिए पनि बैठकै नडाकी यस्तो कार्य गर्नु गलत परम्परा भएको माओवादी मन्त्रीहरुको गुनासो छ । ओलीको यस्तो एकलौटी कार्यशैली शैह्य नहुने भन्दै गृहमन्त्री थापाले आक्रोश व्यक्त गरेको स्रोतले बतायो ।
सरकारमा रहेका माओवादी नेताहरुले पार्टी अध्यक्ष प्रचण्डलाई यसबारे कुरा राख्ने अनि प्रचण्डले केपी ओलीलाई सम्झाउने तयारी उनीहरुको छ ।
News Desk 0 response शनिबार, चैत्र २४, २०७४

सम्बन्धित शीर्षकहरु
-
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३



