

-
काठमाडौं ।
सरकारको मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त भएका छन् । २०८१ साल भदौमा सचिवमा बढुवा भएका कार्कीलाई सरकारले मुख्यसचिवको जिम्मेवारी दिएको हो ।
त्यसवेला मुख्यसचिव नियुक्तिको विषयलाई लिएर असन्तुष्ट भएका तत्कालीन राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएपछि एक सचिव पद रिक्त भएको थियो। सोही रिक्त पदमा कार्की सचिवमा बढुवा भएका थिए ।
निजामती सेवा ऐनमा ‘राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्नेछ’ भन्ने व्यवस्था छ । यही प्रावधानका आधारमा सचिवहरू मुख्यसचिव बन्न विभिन्न रूपमा लबिङ गर्ने गरेका छन् ।
वरिष्ठताका आधारमा पहिलो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्मा थिए । दोस्रो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त समूह)का हरिप्रसाद मैनाली, तेस्रो नम्बरमा सोही कार्यालय (अतिरिक्त समूह)का डिल्लीराम शर्मा, चौथो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त समूह)मै रही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन तथा मोनिटरिङको जिम्मेवारी सम्हालिरहेका गोविन्दप्रसाद शर्मा थिए ।
त्यसैगरी पाँचौँ नम्बरमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, छैटौँ नम्बरमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, सातौँ नम्बरमा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ, आठौँ नम्बरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नवौँ नम्बरमा लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल र दशौँ नम्बरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला थिए ।
तर, यीमध्ये कसैलाई पनि सरकारले मुख्यसचिवमा नियुक्त गरेन । सरकारले वरिष्ठ सचिवहरूलाई छाडेर गोविन्दबहादुर कार्कीलाई रोज्नुको कारण वरिष्ठता र कार्यकुशलताभन्दा राजनीतिक विश्वास वा सरकारको रोजाइलाई प्राथमिकता दिएको हो वा होइन भन्ने प्रश्न भने उठेको छ ।
News Desk 0 response बुधबार, असार २४, २०८३

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



