

-
जागरेब, क्रोएसिया । शिक्षकको तलब बढाउन माग गर्दै क्रोएसियामा हजारौ शिक्षकले प्रदर्शन गरेका छन् । देशको राजधानीस्थित मुख्य क्षेत्रमा सोमबार भएको प्रदर्शनमा शिक्षक र उनीहरुका समर्थक गरी २० हजार भन्दा बढी सहभागी भएका थिए । उनीहरुको तलब बृद्धिसँगै काम गर्ने वातारणमा पनि सुधार हुनु पर्ने मागसमेत उठाएको अधिकारीहरुले जनाएका छन् । गत महिना पनि उनीहरुले तलब बृद्धिको माग गर्दै आन्दोलन गरेका थिए । सेवामुलक अन्य काममा भन्दा शिक्षण क्षेत्रमा कम तलब भएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् । लामो समयदेखिको असन्तुष्टि, सामाजिक प्रतिष्ठा, पेशाप्रतिको आकर्षणलगायतका विषयलाई ध्यान दिन आन्दोलनकारीहरुले आग्रह गरेका छन् । सरकारी पक्ष र आन्दोलनकारीहरुको संगठनकाबीचमा वार्ता हुन लागेको पनि जनाइएको छ । वार्तापछि सहमति भएमा सवै विद्यालयहरु खुल्ला हुने र पढाई हुने आन्दोलनकारीहरुका नेताले बताएका छन् । प्रधानमन्त्री अन्ड्रेज प्लेङ्कोभिकले आन्दोलनकारी र सरकारबीचमा चाडै नै सहमति हुने पत्रकारहरुलाई बताउनु भयो । “बालबालिकाप्रति उत्तरदायी हुन र उनीहरुको पठनपाठन सुचारु गराउन म सवै युनियन र युनियन नेताहरुलाई अनुरोध गर्दछु,” उहाँले भन्नुभयो । प्रधानमन्त्री प्लेङ्कोभिकले जतिसक्दो चाँडो आन्दोलन अन्त्य गरेर शिक्षकहरु कक्षाकोठामा फर्किने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले शिक्षकहरुको तलब यसअघि पनि ११ प्रतिशत बृद्धि गरिएको स्मरण गराउदै आन्दोलन फिर्ता लिन आग्रह पनि गर्नुभयो । रासस/सिन्ह्वा
News Desk 0 response मङ्लबार, मंसिर १०, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



