

-
अत्तरिया । आन्तरिक राजश्व कार्यालय कैलालीले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा रु एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालय दिएको जानकारीअनुसार चालू आवको चार महिनामा अन्तःशुल्कबाट रु ४२ करोड ३३ लाख ५७ हजार सङ्कलन गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब १० करोड ३० लाख एक हजार गरेको छ । त्यस्तै घरभाडा करअन्तर्गत रु दुई करोड ६८ लाख ८२ हजार, स्वास्थ्य करमा रु दुई करोड पाँच लाख ५७ हजार र शिक्षा सेवाअन्तर्गत रु एक लाख ५० गरी रु एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार राजश्व सङ्कलन गरेको कार्यालयप्रमुख चन्द्रकुमार श्रेष्ठले बताउनुभयो । चालू आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा ३० प्रतिशत राजश्व सङ्कलन भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार चालू आवको पहिलो वर्ष चार महिनाको अवधिमा रु एक अर्ब ६१ करोड दुई लाख ९७ हजार राजश्व सङ्कलन लक्ष्य तोकिएको थियो । तर, चालू आर्थिक वर्षको पहिलो चार महिनामा तोकिएको लक्ष्य भने भेटाउन नसकिएको उहाँको भनाइ छ । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा राजश्व सङ्कलन लक्ष्य पूरा नभए पनि आर्थिक वर्षको अन्त्यसम्ममा तोकिएको लक्ष्यअनुरुप नै सङ्कलन हुने श्रेष्ठको जिकिर छ । आन्तरिक राजश्व कार्यालयका अनुसार विगतका वर्षहरूमा अन्तःशुल्क बढी उठ्ने गरेको भए पनि चालू आर्थिक वर्षमा मूल्य अभिवृद्धि कर बढी सङ्कलन भइरहेको छ । आन्तरिक राजश्व कार्यालय कैलालीलाई गत आर्थिक वर्षको तुलनामा चालू आव २०७६/७७ मा दोब्बरभन्दा बढी लक्ष्य तोकिएको छ । सो कार्यालयका अनुसार चालू आर्थिक वर्षमा रु पाँच अर्ब १५ करोड राजश्व सङ्कलनको लक्ष्य दिइएको छ । कार्यालयले गत आव २०७५/७६ मा रु दुई अर्ब ४२ करोड राजश्व सङ्कलनको लक्ष्य पाएकामा रु तीन अर्ब ७२ करोड (१५४ प्रतिशत) राजश्व सङ्कलन गरेको थियो । रासस
News Desk 0 response आइतवार, मंसिर ८, २०७६

सम्बन्धित शीर्षकहरु
-
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३
-
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३


