

-
दमौली । चितुवा नियन्त्रणका लागि तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठको खोर राखिएपछि आज बिहान एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ । दिनप्रतिदिन चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वनमा राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले खोरमा परेर पोथी चितुवा नियन्त्रणमा आएको जानकारी दिनुभयो । उक्त चितुवालाई बुटवलको मणिमुकुन्द सेन पार्कमा रहेको मिनी चिडियाखानामा स्थानान्तरण गरिएको छ । सहायक वन अधिकृत उप्रेतीका अनुसार उक्त चितुवा अन्दाजी ८÷९ वर्षको रहेको छ । “उक्त चिडियाखानमा एउटा भाले चितुवा पनि रहेछ, त्यही भएर पोथी चितुवालाई त्यहाँ स्थानान्तरण गरिएको हो,” उप्रेतीले भन्नुभयो । भानुमा बालबालिकामाथि आक्रमण गर्ने पोथी चितुवा हुन सक्ने अनुमान छ । भालेभन्दा पोथी चितुवा नरभक्षी हुने वनका प्राविधिकको भनाइ छ । खोर निर्माण गरिएपछि दुई भाले र दुई पोथी गरी चारवटा चितुवा नियन्त्रणमा आइसकेको छ । यसअघि असोज १६, कात्तिक ११ र कात्तिक २६ गते काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको थियो । खोरमा परेको चितुवामध्ये एउटालाई रुपन्देहीको शङ्करनगरस्थित प्राणी उद्यानमा र दुई वटालाई चितवन राष्ट्रिय निकुञ्ज स्थानान्तरण गरिएको थियो । भानु नगरपालिका–१, २, ३ र ४ का विभिन्न सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठको खोर निर्माण गरेर राखिएको छ । चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी देखिएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । हाल यहाँका पाँच सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि ६ वटा परम्परागत काठको खोर राखिएको छ । तीनवटा काठको खोर निर्माणाधीन अवस्थामा छ । देउराली सामुदायिक वन, कालिका सामुदायिक वन, मिनेश्वरी सामुदायिक वन र भीमसेनथुम्की सामुदायिक वनमा एक÷एक र मजुवा ओख्ले सामुदायिक वनमा दुईवटा काठको खोर राखिएको छ । चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी देखिएपछि केही दिनअघि मात्रै डिभिजन वन कार्यालय र भानु नगरपालिकाले खोर बनाउने व्यक्ति र सामुदायिक वनहरुलाई नगदसहित पुरस्कृत गरेको थियो । चितुवा नियन्त्रणका लागि यहाँ राष्ट्रिय प्रकृति संरक्षण कोषबाट पनि प्राविधिक परिचालन भएका छन् । भानु नगरपालिका–१, २, ३ र ४ मा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ । रासस
News Desk 0 response आइतवार, मंसिर ८, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


