

-
काठमाण्डाै । सरकार प्रमुखलाई युवाका मुद्दाबारे जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने भएको छ । राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो कार्यक्रम गर्न लागेको हो । परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सबै क्षेत्रका युवाका नीतिगत समस्यालाई एकै थलोबाट प्रधानमन्त्रीलाई प्रत्यक्ष संवाद गरी जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गर्न लागिएको जानकारी गराउनुभयो । परिषद्ले उद्योग, राजनीति, कृषि, वैदेशिक रोजगारबाट फर्किएका युवा, गैरसरकारी संस्था, वैज्ञानिक, उद्यमीलगायत क्षेत्रमा काम गर्ने युवासँग छलफल गरेर उनीहरुका समस्या पहिचान गर्नेछ । “विभिन्न क्षेत्रमा आएका युवाका समस्यालाई एकै मञ्चमा सिधै प्रधानमन्त्रीसँग राखिने छ”, उपाध्यक्ष ढुङ्गेलले भन्नुभयो, “प्रधानमन्त्रीले समेत उक्त मञ्चबाट युवाका समस्यालाई सम्बोधन गर्नुहुने छ ।” परिषद्का उपाध्यक्ष ढुङ्गेलले युवा नीति सुधारमा सिधै प्रधानमन्त्रीसँग छलफल गर्नका लागि कार्यक्रम गर्न थालिएको बताउनुभयो । “युवाका नीतिगत समस्या धेरै नै रहेका छन्”, उहाँले भन्नुभयो, “ती नीतिगत समस्यालाई सिधै समाधान गर्नका लागि युवासँग प्रधानमन्त्री कार्यक्रम सञ्चालन गरिएको हो ।” प्रधानमन्त्रीलाई प्रत्यक्षरूपमा भेटेर युवाका समस्या राख्नका लागि कार्यक्रम गरिएको परिषद्का उपसचिव ध्रुवराज पौडेलले जानकारी गराउनुभयो । युवा र प्रधानमन्त्रीबीच युवाका सवालमा प्रत्यक्ष संवाद र अन्तक्र्रियाको अवसर सिर्जना गर्नु कार्यक्रमको उद्देश्य रहेको छ । युवासँग प्रधानमन्त्री कार्यक्रममा एउटा निश्चित स्थानमा विभिन्न क्षेत्रका करीब ५० जना युवा सहभागी हुनेछन् । ती सहभागी युवाले आफ्नो क्षेत्रको समस्याबारे प्रधानमन्त्रीलाई त्यहीँ अवगत गराउने छन् र प्रधानमन्त्रीले युवाले राखेका नीतिगत, योजना, बजेटमा भएका समस्यालाई त्यहीँबाट सम्बोधन गर्ने परिषद्का उपसचिव पौडेलले बताउनुभयो । आगामी माघमा गरिने उक्त कार्यक्रमका लागि परिषद्ले विभिन्न क्षेत्रका युवासँग छलफलसमेत गरेको छ । परिषद्मा प्रत्येक क्षेत्रका युवाले छलफल गरेपछि ती क्षेत्रबाट प्रतिनिधित्व गर्ने एक जना युवाले कार्यक्रममा प्रधानमन्त्रीलाई आफ्नो समस्याबारे जानकारी गराउने छन् । युवाले प्रधानमन्त्रीलाई राखेका समस्या प्रधानमन्त्रीले त्यहीँ मञ्चबाट विभागीय मन्त्रालयलाई सुल्झाउनेसमेत निर्देशन दिनुहुने छ । कार्यक्रममा युवासँग सरोकार रहेका अर्थमन्त्री, युवा तथा खेलकूदमन्त्री, श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री, कृषि विकासमन्त्रीलगायत मन्त्रीसमेत उपस्थिति हुनुहुनेछ । परिषद्का उपाध्यक्ष ढुङ्गेलले कार्यविधि नै बनाएर उक्त कार्यक्रम गर्न थालिएकाले प्रत्येक वर्ष कार्यक्रम गरिने जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा ‘युवासँग मुख्यमन्त्री’ र स्थानीय तहमा ‘युवासँग पालिका प्रमुख’ कार्यक्रम पनि सञ्चालन गरिने छ । रासस
News Desk 0 response बुधबार, कार्तिक २०, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


