

-
दैलेख । नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको छ । चीनको अन्वेषण टोली तथा अन्य कामदारका लागि यहाँ क्याम्प निर्माण गरिएको छ । डुगेश्वर गाउँपालिका–१ चुप्राबजार नजीक क्याम्प निर्माण भएसँगै सामान ल्याउने क्रम अघि बढेको छ । पहिलो चरणमा सर्वेको काम हुनेछ । सदरमुकाममा सर्वेका लागि कार्यालय स्थापना गरिएको छ । अन्वेषणपछि कुन कुन भूभागमा के कती परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुराको टुङ्गो लाग्ने छ । अन्वेषण कार्य सञ्चालनका लागि त्रिवेणी ओभरसिज प्रालिले विभिन्न पदका लागि आवश्यक जनशक्तिको सूचना प्रकाशन गरेको छ । “जिल्लाकै बासिन्दालाई काममा प्राथमिकता दिइने छ”, प्रालिका सूर्यमणि लामिछानेले भन्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित चीन सरकारको विशेषज्ञ टोलीले औपचारिक उद्घाटन गरेपछि पेट्रोलियम पदार्थ अन्वेषणको काम अघि बढेको हो । पेट्रोलियम पदार्थ भेटिए जिल्लाको मात्र नभई कर्णाली प्रदेश र सिङ्गो नेपालकै लागि महत्वपूर्ण उपलब्धि हुने सांसद रवीन्द्र शर्मा बताउनुहुन्छ । उद्योग वाणिज्य सङ्घका महासचिव राजेश हमालले अन्वेषणको काममा सघाउन सबै उद्योगी व्यापारी, सर्वसाधारणलगायतलाई सहयोग गर्न आग्रह गर्नुभयो । रासस
News Desk 0 response सोमवार, कार्तिक १८, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


