

-
जनकपुरधाम । मिथिलाञ्चलमा आज धनतेरस पर्व हर्षोल्लासकपूर्वक मनाइँदै छ । यो पर्व मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव भए पनि मिथिलाञ्चलमा आजका दिन नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रहेको छ । समाजका उच्च, मध्यम र निम्नवर्गले आ–आफ्ना आवश्यकता र विलासिताका महत्वपूर्ण चीजबीजको किनमेलका लागि आजको दिनलाई विशिष्ट दिन मान्ने गरेका छन् । यो पर्वमा किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्नेबारे कुनै निश्चित आधार नभए पनि धन्वन्तरीको प्रादुर्भाव समुद्र मन्थन भएको र उत्पन्न हुँदा हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले भाँडाकुँडा किनमेलको क्रम शुरु भएको विश्वास पाइन्छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीको प्रकटसँग स्वास्थ्य र धनको प्रसङ्ग रहेका कारण धन्वन्तरीको पूजाले भाग्योदय हुने मान्यता रहेको छ । त्यसैले भाडाँकुँडा, सुनचाँदीको किनमेल गरी धन्वन्तरी, यम र कुबेरको पूजा गरिने चलन छ । धनतेरसका दिन यमको पूजा गर्नाले अकाल मृत्युबाट रक्षा र कुबेरको पूजाले दरिद्रता नरहने मानिन्छ । आजका दिन नयाँ समान खरीद गर्दा पैसा १३ गुणा बढी हुन्छ भन्ने मान्यता रहिआएको छ । धातुले नकारात्मक ऊर्जालाई मेटाउने भएकाले आजका दिन सुन र चाँदीको खरीद गरी धनको वर्षा हुने आशा राख्ने गरेको पाइन्छ ।रासस
News Desk 0 response शुक्रबार, कार्तिक ८, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


