

-
परासी ।पश्चिम नवलपरासीमा लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् । प्रहरी चौकी गेरमीको टोलीले जिल्लाको भारतीय सीमा नजिकै पाल्हीनन्दन–५ चमनटोलबाट बुधबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१० मन्झरीयाका ४० वर्षीय विश्राम हरिजन र पाल्हीनन्दन गाउँपालिका–३ वेशालपुरका २४ वर्षीय बेचु गोसाईँ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार भारतबाट युपी५६डब्लु ४६८८ नंको भारतीय मोटरसाइकलमा झुण्ड्याएर नेपालतर्फ लागुऔषध ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट नाइट्राभेट टेन ५० पत्ता (१५०० एम्पुल), नुरफिन ५० एम्पुल, फेनारागन ५० एम्पुल र डाइजोपाम ५० एम्पुल बरामद गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस
News Desk 0 response बिहिबार, कार्तिक ७, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


