

-
वीरगञ्ज । वीरेन्द्र कर्ण भारतको कोलकाता घर भई विगत ३१ वर्षदेखि वीरगञ्जको माईस्थानमा फुलको व्यापार गर्दै आउनुभएका सुदर्शन मानिकले तिहारलाई लक्षित गरी २० हजार सयपत्री फूलको माला भारतबाट ल्याउनुभएको छ । कोलकाताबाट रु ५० मा पाइने सयपत्री फूलको स्थानीय बजारमा प्रति माला रु ७५ देखि १०० सम्म बिक्री हुँदै आएको छ । आर्थिक लाभ भएपछि अन्य व्यापारी पनि यस व्यवसायतर्फ आकर्षित हुन थालेका छन । भारतबाट फूल आयात गरी व्यापार गर्नेको सङ्ख्या बढ्दै गएको छ । वीरगञ्जमा फूलको व्यापार गर्ने फुटकर व्यापारीको सङ्ख्या ६०० को हाराहारीमा छ । व्यापारीले कोलकाताबाट फूलका माला रेलमार्ग भएर आयात गर्ने गरेका छन् । भारतबाट आयात गरिएका रङ्गीचङ्गी प्लाष्टिकका फूल समेत बजारमा प्रशस्त देखिन्छ । प्लाष्टिकका कृत्रिम फूल बेच्ने व्यापारीको सङख्या यहाँ अत्याधिक रहेको छ । व्यापारीले भाईटिकालाई लक्षित गरी काठमाडौँ, पोखरा, नारायणघाट, भैरहवा, लगायतका जिल्लाबाट मखमली ल्याएर फुल बिक्री गर्ने गरेका छन् । तिहारलाई लक्षित गरी चालू आर्थिक वर्षको साउनदेखि कात्तिकको हालसम्ममा भारतबाट रु एक करोड ८२ लाख चार हजार मूल्य बराबरको दुई लाख २५ हजार ६ सय ४८ किलो फूल व्यापारीले आयात गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताउनुभयो । अघिल्लो आवको सोही अवधिमा रु एक करोड ४० लाख मूल्य बराबरको दुई लाख ७८ हजार किलो फूल आयात भएको थियो । फूलमा ५ प्रतिशत कृषि सुधार शुल्क लाग्दै आएको छ । यसैबीच व्यापारीहरुले भारतबाट ६८ लाख ४६ हजार मूल्य बराबरको २९९ मेट्रिक टन केरा तथा एक करोड ४७ लाख १४ हजार मूल्य बराबरको १६३ मेट्रिक टन स्याउ आयात गरेका छन् । यसैबीच सप्तरी जिल्लाको कञ्चनपुरमा तिहारलाई लक्षित गरी व्यावासायिक रुपमा फूल खेती गरी वार्षिक १० करोडभन्दा बढीको फूलको व्यापार युवाहरुको एक समूहले गर्दै आएको छ । कञ्चनरुप नगरपालिका–१२ धरमपुरका स्थानीय पिताम्बर कर्ण, दीपककुमार गुप्ता र अनिल प्रधानले डेढ बिघा क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती गरी आर्थिक लाभ लिँदै आएको छन् । ति युवाहरुले परिश्रम गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने भावनाबाट ओतप्रोत भएर सयपत्री फुलको व्यावसायिक खेती गर्दै आएका छन् । डेढ बिघा क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती गरी राम्रै आर्थिक लाभ लिन सफल भएको उनीहरुको भनाइ थियो । युवाहरु कर्ण, गुप्ता र प्रधानले एकै स्वरमा भने, “लक्ष्मी पूजा, भाईटीका र छठ पर्वलाई लक्षित गरी ५० हजार वटा माला तयार गरेर कोल्ड स्टोरमा राखेका छौँ ।” प्रति गोटा रु ५० देखि ६० सम्ममा बिक्री हुने सयपत्री फूलको माला राजविराज, कञ्चनपुर, फतेपुर, भारदह, हनुमाननगर, छिनमस्ता, बोदेवरसाईन, कल्याणपुर, सुनसरी, उदयपुर, सिरहा, धनुषा, महोतरी तथा देशका विभिन्न भागमा जाने गरेको बताइएको छ । व्यावसायिक रुपमा सयपत्री फूलको खेती गरी राम्रो आर्थिक लाभ लिन थालेपछि ति व्यवसायी युवाहरुले आउदो आवदेखि यसको खेती विस्तार गरिनेसमेत जनाएका छन् । रासस
News Desk 0 response बिहिबार, कार्तिक ७, २०७६

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



