

रौतहटमा बम बिष्फोट अनुसन्धानमा प्रहरीको कमजोरी रहेको तत्कालिन प्रजिअ भण्डारीको खुलासा
तत्कालिन अवस्थामा रौतहटको प्रजिअ रहेका भण्डारीले भने घटना भएको थाहा पाएलगत्तै आफूले प्रहरीलाई सत्यतथ्य बुझन जानकारी निर्देशन दिएको र प्रहरी घटनास्थलमा गएको बताएका छन् ।
-
काठमाडौं । रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटको घटना हुँदा तत्कालिन प्रमुख जिल्ला अधिकारी रहेका दुर्गा भण्डारीले आफूले प्रहरीलाई सत्यतथ्य बुझेर घटनाको अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन्।
२७ चैत २०६४ साँझ ६.१५ बजे रौतहट–२ बाट नेपाली कांग्रेसका तर्फबाट संविधान सभाको निर्वाचनमा उम्मेदवार रहेका मोहम्मद आफताब आलमले चुनाव प्रभावित गर्ने उद्देश्यले बम बनाउने क्रममा विस्फोट हुँदा २ नेपालीसहित भारतीय नागरिकहरूको मृत्यु भएको थियो । तर, मृतकको संख्या यकिन हुन सकेको छैन ।
स्थानीयका अनुसार, विस्फोटमा घाइते तथा मृतकहरुलाई नजिकैको इँटाभट्टामा जलाएको आरोप आलममाथि छ ।
१२ वर्ष पुरानो मुद्दामा २६ असोजमा पक्राउ परेका आलमले २ कार्तिकमा सरकारी वकिल कार्यालयमा दिएको वयानमा घटना कपोलकल्पित भएको बताएका छन् ।
तत्कालिन अवस्थामा रौतहटको प्रजिअ रहेका भण्डारीले भने घटना भएको थाहा पाएलगत्तै आफूले प्रहरीलाई सत्यतथ्य बुझन जानकारी निर्देशन दिएको र प्रहरी घटनास्थलमा गएको बताएका छन् ।
तत्कालिन प्रहरी प्रमुख रहेका एसपी लक्ष्मण न्यौपानेले बिस्फोटबाट भएको मानवीय क्षति बारे आफूलाई कुनै रिपोर्टिङ नगरेको भण्डारीको दाबी छ ।
चुनावको व्यस्तताले सवै कुरा बुझ्न नपाएको बताउँदै उनले आफ्नो बढुवा भएकाले मतगणना सकिएको भोलीपल्टै काठमाडौं आएको र त्यसपछि घटनाबारे अनभिज्ञ रहेको बताए ।घटनाकै रात इलाका प्रहरी कार्यालयका प्रहरी इञ्चार्जको सरुवा भएको विषय आफ्नो जानकारीमा नरहेको र अहिले पत्रपत्रिकामार्फत थप कुरा थाहा पाइरहेको पनि भण्डारीले बताए । “बम विस्फोट भएको थियो, प्रहरी घटनास्थलमा पुगेका पनि हुन्”, तत्कालिन प्रजिअ भण्डारीले कुरा गर्दै भने, “तत्कालिन अवस्थामा प्रहरीको भूमिका ठीक देखिएन, मैले राष्ट्रिय मानवअधिकार आयोगसँगको वयानमा पनि यही कुरा भनेको छु ।”
News Desk 0 response सोमवार, कार्तिक ४, २०७६
हिमालखवर

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


