

बिदेशमा जागीर खान दुई बर्ष अवधि हुँदै राजीनामा
सचिव पदमा करीब दुई वर्ष पदावधि हुँदै उनले विश्व स्वास्थ्य संगठन को भारतस्थित कन्ट्री अफिसमा जान राजीनामा दिएको बताईएको छ । पी फाइभ तहको पोष्टमा छनोट भएर डब्लुएचओ जानका लागि सचिव चौधरीले राजीनामा दिएको बुझिएको छ।
-
काठमाडौं ।
बिदेशको आकर्षक पदमा जागीरका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डाक्टर पुष्पा चौधरीले राजिनामा दिएकी छन् । सचिव पदमा करीब दुई वर्ष पदावधि हुँदै उनले विश्व स्वास्थ्य संगठन को भारतस्थित कन्ट्री अफिसमा जान राजीनामा दिएको बताईएको छ ।
News Desk 0 response सोमवार, कार्तिक ४, २०७६
पी फाइभ तहको पोष्टमा छनोट भएर डब्लुएचओ जानका लागि सचिव चौधरीले राजीनामा दिएको बुझिएको छ। उनले दिएको राजीनामा अब वस्ने मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्ने छ। चौधरी गत असारमै डव्लुएचओको भारतस्थित ‘कन्ट्री अफिस’को लागि पी फाइभ (सहसचिव तह) तहको पोष्टमा छनोट भइसकेकी छन्।
पछिल्लोपटक चौधरीले राजीनामा फिर्ता लिएर सरकारविरुद्ध मुद्दा फिर्ता गर्न लगाएरमात्रै राजीनामा स्वीकृत हुने वातावरण बनेको हो। चौधरी गत वर्ष कात्तिकमा सरकारले गरेको सरुवाविरुद्ध अदालतमा गएकी थिइन्। अदालतले उनकै पक्षमा आदेश दिएसँगै उनको सरुवा रोकिएको थियो। चौधरीलाई सरुवा गर्न नसकेपछि सरकारले स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फको सचिवको दरबन्दी सृजना गरेर दुई सचिवको व्यवस्था गरेको छ। दुई सचिवको व्यवस्थापछि चौधरीको अधिकारीलाई खुम्च्याइएको र त्यहीबीचमा सम्मानजनक विकल्पको खोजीमा लागेकी थिइन्। त्यही क्रममा उनले डब्लुएचओमा आकर्षक अवसर जुरेपछि सरकारी जागिर छाड्ने तयारी थालेकी थिइन् ।

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


