

-
काठमाडौं ।
नेपालका अरु सरकारी सेवा र सैन्य सेवाबीच प्रणालीगत सेवाशर्त र कानुनी व्यवस्थाको भिन्नता छ । तर, निजामती सेवामाझैँ तीनतारे जर्नेलका हकमा हाल कायम उमेरको ५८ वर्षे हदमाथि संशोधन गरेर ६० वर्ष बनाउन कोशिश गरिँदैछ । यदि यस्तो भयो भने शरद गिरी र गौरव तण्डुलले एक र डेढ वर्ष बढी जागिर खान्छन् । यिनीहरू विद्यमान वरियतामा प्रभुरामभन्दा सिनियर हुन् । र, खेलाडीहरू सफल भए भने प्रभुरामको प्रधानसेनापति हुने बाटो छेकिन्छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले त्यसरी हिँडेकाहरूलाई निरुत्साहन गरिरहेका छन् । त्यसो त, जर्नेलहरूका हकमा सैनिक मुख्यालयले सिफारिस गरे रक्षामन्त्रालयमार्फत मन्त्रिपरिषद्बाट एक वर्ष र दुई वर्ष म्याद थप्ने प्रावधान छ । कथं तीनतारे जर्नेलको अर्को पनि दरबन्दी थपिने हो भने प्रभुरामको बाटो त्यसले पनि छेक्छ । यसका लागि पनि तीव्र चलखेल छ । यो दरबन्दीचाहिँ कोर कन्सेप्ट (चमु) अनुसार थपिने हो । ‘चमु’ भनेको आदिकालदेखि चल्दै आएको सैन्य संरचनाभित्रैको व्यवस्था हो । महाभारतको लडाइँमा पनि ‘चमु’ को प्रसंग उल्लेख छ । चमुको अवधारणा यसपटक लागु भएन भने पनि अर्को वर्ष त हुन्छ नै । त्यस्तो गर्दा पनि अब हुने प्रधानसेनापतिसम्बन्धी अन्यौलता थपिन्छ । चमुको संरचनाभित्र तीनवटा डिभिजन पर्छन् । त्यो बन्यो भने अहिले हेडक्वार्टरपछि सबैभन्दा शक्तिशाली पृतना हेर्डक्वार्टर रहँदै आएकोमा त्यसलाई चमुले टेकओभर गर्छ । किनभने, यसको कमाण्ड प्रधानसेनापतिपछिको वरियताका तीनतारे जर्नेलले गर्छन्, पृतनापतिहरूभन्दा सिनियर । सैन्य फर्मेसनअनुसार बटालियनमा साढे सात सय, रेजिमेन्टमा एक हजारको दरबन्दी हुन्छ । पछिल्लो समय उत्तरी, दक्षिणी सुरक्षा चुनौतिको विश्लेषण गर्दा नेपाली सेना देशको सुरक्षाका लागि र विदेशी फौजसँग भिड्न तत्पर हुनुपर्ने ठहर गर्दै यस्तो संरचनाको कुरा उठेको हो । यदि त्यस्तो अवस्था आइहालेमा एउटा डिभिजनले मात्र लड्न गाह्रो हुन्छ भनेर तीनवटा डिभिजन मिलाई चमु खडा गर्न लागिएको बताइन्छ ।
News Desk 0 response बिहिबार, अशोज १६, २०७६
अर्कातिर, नेपालमा सेनाको संख्या हेर्ने हो भने जनसंख्याको अनुपातमा झण्डै बेलायत (८१ हजार ५ सय) भन्दा बढी छ । तर, भूमिका फरक । नेपाली सेना सडक र जंगलको सुरक्षामा पनि छ । सबै देशमा यस्तो हुन्न ।
त्यसो त प्रधानसेनापति बन्न वा बनाउनका लागि वरियता अकाट्य प्रावधान भने होइन । अहिले भारतमा चौथो वरियताका बिपिन राउत प्रधानसेनापति छन् । राजनीतिक नेतृत्वले चाह्यो भने राष्ट्रको लागि चाहिने मान्छेका रुपमा कसैलाई पनि बोक्न सक्छ । नेपाली सेनामा यदि यही व्यवस्था हुने हो भने प्रभुराम शर्मापछि विनयविक्रमम राणा, आनन्द अधिकारीमध्येबाट चिफ हुने सम्भावना पनि छ । प्रतिस्पर्धीभित्रैका अशोक सिग्देलको शैक्षिक प्रमाणपत्रबारे रक्षा मन्त्रालयले गम्भीर छानवीन गरिरहेका कारण उनको बारेमा यसै भन्न सकिने अवस्था छैन । अर्थात्, प्रभुरामहरूपछि २५ र २६ बेसिकले नेतृत्व सम्हाल्न सक्छ ।
उता, आफ्नो पालामा भएको बहुप्रतिक्षित तथा चर्चित फास्टट्रयाक परियोजनासँगै केही निर्णय र किनमेल काण्डमा तानिएका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीमाथि छानवीन हुने संकेत पाएपछि उनी अमेरिकातिर छड्किएका छन् । अवकास पाएका पूर्वप्राविधिक जर्नेल योगेन्द्र खाँणले चेन अफ कमाण्डको अवधारणाअनुरुप सेनाका सबै काम आदेशानुसार हुने भन्दै आफूले गरेको भनिएका अनियमिततामा तत्कालीन सेनापतितिर औँलो सोझ्याएपछि जंगी अड्डाले क्षेत्रीसँग सोध्ने तयारी गरेको हो ।

सम्बन्धित शीर्षकहरु
-
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३
-
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


