

-
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच इन्डोनेसियाको बालीमा तीन घण्टा लामो ऐतिहासिक शिखर वाता द्वन्द्व टार्ने प्रतिबद्धतासहित सम्पन्न भएको छ ।
ताइवान र अन्य विषयमा महिनौँदेखि जारी तनावपछि जी–२० शिखर सम्मेलनअघि रिसोर्ट टापुमा लामो समयदेखि प्रतिक्षा गरिएको बैठक सुरु गर्नुअघि बाइडेन र सीले अमेरिका र चिनियाँ झण्डामुनि उभिएर हात मिलाएका थिए ।
बेइजिङ र वाबिङ्टनले विश्वलाई ‘हाम्रा मतभेदलाई व्यवस्थापन गर्न, प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुनबाट रोक्न सक्छन्’ भनेर देखाउन ‘जिम्मेवारी साझा’ गरेको बाइडेनले बताए ।
पछिल्ला केही दशकमा चीनका सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि भएको अमेरिकी राष्ट्रपतिसँगको पहिलो प्रत्यक्ष भेटमा बाइडेनलाई विश्व ‘दोबाटोमा आइपुगेको’ बताएका छन् ।
‘चीन र संयुक्त राज्य अमेरिकाले सम्बन्धलाई राम्रोसँग सम्हाल्नेछन् भन्ने विश्वले अपेक्षा गरेको छ’, चिनियाँ राष्ट्रपति सीले बताए।
उत्साहजनक सार्वजनिक भनाइहरूको बाबजुद दुवै देश एक–अर्काप्रति बढ्दो शङ्का गरिरहेका छन्, संयुक्त राज्य अमेरिकालाई चीनले ताइवान कब्जा गर्ने समयसीमा बढाएको भन्ने डर छ ।
अमेरिकी अधिकारीहरूले बैठकअघि बाइडेनले चीनसँगको सम्बन्धमा ‘गार्डरेल’ स्थापना गर्ने र विश्वका दुई ठूला अर्थतन्त्रलाई द्वन्द्वमा धकेल्न सक्ने ‘रेड लाइन’ बाट कसरी बच्न सकिन्छ भन्नेबारे आँकलन गर्ने आशा व्यक्त गरेका थिए ।
सबैभन्दा संवेदनशील विषय ताइवान हो जुन चीनको तर स्वशासित क्षेत्र हो ।
संयुक्त राज्य अमेरिकाले ताइवानलाई समर्थन बढाइरहेको छ भने चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिने धम्की दिइरहेको छ । गएको अगस्टमा अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइपेईको भ्रमण गरेपछि चीनले अभूतपूर्व सैन्य अभ्यास गरेको थियो ।
सीसँगको वार्ताको पूर्वसन्ध्यामा बाइडेनले कम्बोडियामा दक्षिणपूर्वी एसियाली शिखर सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग भेटवार्ता गरेका थिए ।
प्योङयाङले आफ्नो सातौँ आणविक परीक्षण गर्ने डर बढेपछि बाइडेनले चीनलाई सहयोगी उत्तर कोरियामाथि लगाम लगाउन दबाब दिने अपेक्षा गरिएको छ ।
प्रत्यक्ष पहिलो भेटघाट
कोभिड–१९ महामारी सुरु भएयता सीको यो दोस्रो विदेश भ्रमण हो । भ्रमणमा उनले विश्वका केही प्रमुख नेतासँग भेटघाट गर्नेछन् ।
प्रधानमन्त्री एन्थोनी अल्बानीसले नेता सीसँग पहिलो पटक औपचारिक भेटवार्ता गर्ने घोषणा गरेका छन् । यो सन् २०१७ पछि अस्ट्रेलियाका उच्च पदस्थ अधिकारी र चिनियाँ राष्ट्रपतिबीच हुन लागेको पहिलो भेट हो ।
सीले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष भेटवार्ता गरेका थिए । त्यति बेला ट्रम्प र बाइडेन दुवैले चीनलाई एक प्रमुख अन्तर्राष्ट्रिय चासोको रूपमा पहिचान गरेका थिए र विश्व मञ्चमा अमेरिकी प्रभुत्वका लागि एकमात्र सम्भावित चुनौतीको रूपमा चिनाएका थिए ।
राष्ट्रपतिका रूपमा सी र बाइडेनबीच पहिलो पटक भेट भएको भए पनि यो जोडीको असामान्यरूपमा लामो इतिहास छ ।
बाइडेनका अनुसार उनले उपराष्ट्रपतिका रूपमा सन् २०११ मा चीनको नेतृत्वको पर्खाइमा रहेका नेता सीसँग व्यक्तिगतरूपमा ६७ घण्टा बिताएका थिए । जसमा सन् २०१७ मा बाराक ओबामाको प्रशासनको अन्तिम दिनमा भएको बैठकलाई अझ राम्ररी बुझ्ने उद्देश्यले चीन भ्रमण पनि समावेश छ ।
ह्वाइट हाउसमा प्रवेश गरेयता बाइडेनले सीसँग लगभग पाँच पटक कुराकानी गरिसकेका छन् तर सोमवार उनीसँग प्रत्यक्ष भेटवार्ता भएको हो ।
News Desk 0 response सोमवार, कार्तिक २८, २०७९

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



