

कर्मचारीको आडमा कार्यालयमा बिचौलिया
अख्तियारले गत वर्ष १ सय ४२ वटा स्टिङ अपरेशन गरेकोमा विभिन्न कार्यालयमा सहजीकरण र लेखापढी गर्ने भन्दै बसेकामध्ये ३२ जना बिचौलिया र उनीहरूसँग मिलेमतोमा काम गर्ने १ सय ६१ कर्मचारी रंगेहात पक्राउ परेका थिए । यो वर्ष पनि पछिल्लो डेढ महिनामा भएका ३७ वटा स्टिङ अपरेशनबाट मालपोत, नापी र यातायात कार्यालयका १२ कर्मचारीहरु ६ जना बिचौलिया सहित रंगेहात समातिएका छन् ।
-
काठमाडौं ।
भदौ १२ गते मालपोत कर्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई अख्तियारले एक लाख वीस हजार घुस सहित पक्राउ गर्यो । जग्गा नामसारी लालपूर्जा दिँदा सेवाग्राहीसँग घुस लिँदलिँदै अख्तियारले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो । त्यसको दुई दिनअघि भदौ १० गते भक्तपुर मालपोत कार्यालयका नायव सुब्बा हरिनारायण उपाध्याय र लेखापढी व्यवसायी हीरामणि निरौला पनि चार हजार घूस रकमसहित रंगेहात अख्तियारको फन्दामा परे । उनीहरुले काम छिटो गराइदिएबापत सेवाग्राहीसँग घुस लिएको अख्तयारको भनाइ छ । अख्तियारले गत वर्ष १ सय ४२ वटा स्टिङ अपरेशन गरेकोमा विभिन्न कार्यालयमा सहजीकरण र लेखापढी गर्ने भन्दै बसेकामध्ये ३२ जना बिचौलिया र उनीहरूसँग मिलेमतोमा काम गर्ने १ सय ६१ कर्मचारी रंगेहात पक्राउ परेका थिए । यो वर्ष पनि पछिल्लो डेढ महिनामा भएका ३७ वटा स्टिङ अपरेशनबाट मालपोत, नापी र यातायात कार्यालयका १२ कर्मचारीहरु ६ जना बिचौलिया सहित रंगेहात समातिएका छन् । सेवाग्राहीलाई सहयोग गर्ने, काम छिटो गराइदिने लगायतका बहाना बनाएर विचौलियाहरुले सरकारी काम गर्न सेवाग्राहीबाट अनुचित रकम असुल्ने र कर्मचारीसँग बाँडीचुडी लिने गरेको अख्तियारले जनाएको छ । बिचौलियाले राजनीतिक र कर्मचारीको उच्च तहमै जरा गाड्ने हुँदा अख्तियारका एकाध कारवाहीले मात्र सुधार आउन मुस्किल छ । राजनीतिक तथा उच्च प्रशासनिक तहमै घेरिएका विचौलिया निर्मूल पार्न हरेक सार्वजनिक पदाधिकारीको सम्पर्क तथा कारोबारको नियमित अनुसन्धान र निगरानी गर्नुपर्ने देखिन्छ । कर्मचारीकै आडमा हरेक सरकारी कार्यालयमा बिचौलियाको बिगबिगी बढेको कान्तिपुरले लेखेको छ ।त्यसैले कार्यालयबाट बिचौलिया हटाउने हो भने कार्यालय प्रमुखलाइ नै यसमा जिम्मेवार ठर्याउनुपर्छ ।
News Desk 0 response आइतवार, भदौ १५, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



