

सूचना अधिकारी भएपनि कार्यालय प्रमुखनै राख्छन् सूचना
जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालय प्रमुखसँग मात्रै कार्यालयका सूचना रहने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मङ्गलबार सूचना अधिकारीको बैठकमा अधिकांश सूचना अधिकारीले यस्तो गुनासो गरेका हुन् ।
-
काठमाडौं । जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालय प्रमुखसँग मात्रै कार्यालयका सूचना रहने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मङ्गलबार सूचना अधिकारीको बैठकमा अधिकांश सूचना अधिकारीले यस्तो गुनासो गरेका हुन् ।
“सूचना अधिकारीलाई कार्यालयका गतिविधिसम्बन्धी सूचना नै हुँदैन, सबै विषयमा नगरप्रमुख र लेखाप्रमुखलाई मात्रै थाहा हुन्छ”, बनेपा नगरपालिकाका सूचना अधिकारी श्यामकृष्ण त्रिपाठीले बताए । उहाँले ‘सूचनाको हक’ प्रयोग गरी सूचना माग्नेले सूचना दिने प्रक्रियामा लाग्ने दस्तुर तिर्नुपर्ने थाहा पाएपछि लिन नचाहेको बताए ।
पनौती नपाका प्रमुख प्रशासकीय अधिकृत एवं सूचना अधिकारी इन्द्रप्रसाद अधिकारीले सूचना अधिकारीलाई सबै सूचना थाहा नहुने गुनासो गरे । “कसैले सूचना माग्दा ठ्याक्कै दिन नसक्ने अवस्था धेरैपटक भयो, नगरप्रमुख तथा कार्यालयका सम्बन्धित विषयका ज्ञातासँग सोधेर दिनुपर्ने बाध्यता हुँदोरहेछ”, उनले भने । केहीले कार्यालयसँग लिखित रुपमा सूचना मागेर लिन नआएको अधिकारीले बताए ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी राजकुमार हुमागाईंले पनि आफूसँग कार्यालयको सूचना नहुने र अन्य कार्यालयका सूचना अधिकारीले पनि आफूसँग यस्तै गुनासो गर्ने गरेको बताए । उनले भने, “सूचनासम्बन्धी कुराकानी हुँदा सरकारी कार्यालयका सूचना अधिकारीले आफूसँग कार्यालयको सूचना नहुने निकै गुनासो गर्नुहुन्छ ।” उहाँले केही कर्मचारीलाई कार्यालयमा दोहोरो जिम्मेवारीले गर्दा सूचनासम्बन्धी ध्यान नपुग्ने गरेको पनि अनुभव सुनाए ।
जिल्लास्थित १३ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका सूचना अधिकारीले प्रमुख तथा अन्य जनप्रतिनिधिले सूचना नदिने गुनासो गरे। सरकारी कर्यालय तथा स्थानीय तहका सूचना अधिकारी सम्मिलित बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले ‘सूचना अधिकारीलाई कार्यालयको सूचना नहुने’लाई हात उठाउन लगाउँदा आधाभन्दा बढी सूचना अधिकारीले हात उठाएपछि केहीबेर हाँसो पनि चलेको थियो । प्रजिअ रानाले व्यङ्यात्मक शैलीमा भने, “सूचना अधिकारीसँगै सूचना छैन, प्रमुखसँग मात्रै सूचना ”
प्रजिअ रानाले सूचना अधिकारीलाई दिन मिल्ने तथा नमिल्ने सूचनाबारे जानकारी लिन सूचनाको हक ऐन–२०६४ बारे जानकार बन्न, सूचना अधिकारीले सूचना दिनसक्ने बन्न, आधाभन्दा बढी कार्यालयमा सूचना अधिकारीको बोर्ड नभएको देखिएपछि सूचना अधिकारी बोर्ड तत्काल राख्न, वेवसाइट बनाएर कार्यालयका गतिविधि अद्यावधि गर्न र उजुरी पेटिका राख्न निर्देशन दिए । जिल्लास्थित सूचना अधिकारीको बैठक प्रत्येक चौमासिकमा हुँदै आएको छ ।
News Desk 0 response बुधबार, भदौ ११, २०७६
रासस

सम्बन्धित शीर्षकहरु
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


