• गण्डकी : पोखराबाट काठमाडौंतर्फ उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै पोखरा विमानस्थलमा अवतरण गरिएको छ ।

    यती एयरलाइन्सको ९–एनएएनजी कल्साइन जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको छ मिनेटमै पुनः पोखरा विमानस्थलमा अवतरण भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।

    बिहान ८ : ४५ बजे उडेको जहाजमा ४५ जना यात्रु सवार थिए ।