• काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताएका छन् ।

    आज मङ्गलवार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा थपलियाले आउँदो मन्त्रिपरिषद्को बैठकबाट मङ्सिर ४ गते चुनाव हुने गरी मिति तोकियो भने आश्चर्य नमान्न आग्रह गरेका छन्। ‘आयोगले सम्पूर्ण व्यहोरासहित एकै चरणमा प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव मङ्सिर ४ गते गर्न मिति सिफारिस गरिसकेको छ । अब मन्त्रिपरिषद्ले मिति तोक्न मात्र बाँकी छ’, उनले भने । चुनावको तयारीका सबै काम सुरु भइसकेको उनको भनाइ छ ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ र प्रदेशको चुनाव पालिकाको चुनाव भन्दा कम खर्चिलो हुन सक्ने बताएका छन् ।