

-
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिणाम आउने गरी काम गर्न मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिएका छन् ।
मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम, बजेट वक्तव्य तथा उल्लेखित बुँदा र आर्थिक कार्यक्रमको एकीकृत कार्यान्वयन कार्ययोजना सार्वजनिकरण एवं आर्थिक वर्ष २०७९/८० का कार्यसम्पादन सम्झौता कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न निर्देशन दिए ।
उनले भने, “अब हामीले अनुहार होइन, काम हेरेर अगाडि बढेको खण्डमा मात्रै परिणाममुखी काम गर्न सक्छौँ, होइन भने भाषणले मात्रै हुँदैन, हामीले काम गर्ने भनेर धेरै पटक धेरै विषयमा हस्ताक्षर गरियो, तर कार्यान्वयन हुँदैन, हाम्रो कमजोर पक्ष भनेको त्यही हो, त्यसैले कार्यान्वयनसँगै परणाम आउने गरी काम गर्नुहोस् ।” कार्यान्वयन पक्षलाई लाई केन्द्रविन्दुमा राखेर काम गर्न सकेको खण्डमा मात्रै सही परिणाम आउने उनको भनाइ छ ।
मन्त्री कार्कीले मन्त्रालयअन्तर्गतका निकायका नाममा रहेको सम्पत्तिको संरक्षण गर्दै उत्पादनशीलतासँग जोड्नसमेत निर्देशन दिए। उनले राजनीतिक नेतृत्व र स्थायी सरकारका रुपमा रहेका कर्मचारी इमान्दार र समर्पित भयो भने सरकारले अवलम्बन गरेको नीतिलाई अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे ।
“म धेरै भाषणमा विश्वास गर्दिन, काममा विश्वास गर्छु, समर्पण र इमान्दारितामा विश्वास गर्छु, त्यस दिशामा हामीले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरेर परिणाममुखी काम गर्नका निमित्त सबैसँग आग्रह गर्न चाहान्छु, मेरो भूमिकाको निमित्त पनि तपाईँहरुको सल्लाह सुझावको अपेक्षा गर्दछु”, उनले भने ।
कार्यक्रममा मन्त्री कार्की र सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, सचिव र मन्त्रालयका महाशाखा प्रमुख, सचिव र मन्त्रालयअन्तर्गतका निकायका प्रमुखबीचमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको थियो । सोही अवसरमा सचिव डा अर्यालले चालु आर्थिक वर्षमा खर्च र नतिजालाई जोड्ने गरी तथा यो वर्षको खर्चमा बेरुजु शून्य हुने गरी काम गर्न निर्देशन दिए ।
सचिव डा अर्यालले मन्त्रालयअन्तर्गत रहेका निकायका नाममा रहेको भौतिक सम्पत्तिको विवरण मन्त्री समक्ष पेश गरेका थिए ।
News Desk 0 response सोमवार, साउन ९, २०७९

सम्बन्धित शीर्षकहरु
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



