

करार समस्या भईरहेको अवस्थामा पुनः करारमा कर्मचारी
रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ७ सय २६, खानेपानी मन्त्रालयमा २ सय १३ र वन मन्त्रालयमा ५० जना अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी सिर्जना गरेको छ । मन्त्रिपरिषदले विभिन्न आयोजना सञ्चालनका लागि भन्दै यति ठूलो संख्यामा अस्थायी दरबन्दी सिर्जना गरेको हो ।
-
काठमाडौं ।
सरकारले करिब एक हजार अस्थायी कर्मचारी भर्नाको निर्णय गरेको छ । लोक सेवा आयोगको प्रक्रिया नै छलेर अस्थायी दरबन्दी सिर्जना गरेको हो ।
मन्त्रिपरिषदको साउन ६ गते बसेको बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ७ सय २६, खानेपानी मन्त्रालयमा २ सय १३ र वन मन्त्रालयमा ५० जना अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी सिर्जना गरेको छ । मन्त्रिपरिषदले विभिन्न आयोजना सञ्चालनका लागि भन्दै यति ठूलो संख्यामा अस्थायी दरबन्दी सिर्जना गरेको हो । श्रम मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम, खानेपानी मन्त्रालयले शहरी खानेपानी आयोजना तथा सहलगानी खानेपानी आयोजना र वन मन्त्रालयले राष्ट्रपति चुरे संरक्षण र पर्वतीय जलाधार अनुकूलन कार्यक्रमका लागि यति ठूलो संख्यामा दरबन्दी स्वीकृत गराएका हुन् । दरबन्दीका कर्मचारी अपुग भएकाले अस्थायी कर्मचारी भर्नाको निर्णय गरेको सरकारको भनाइ छ । सरकारको यो तर्क वास्तविक तथ्यांकसँग भने मेल खाँदैन । समायोजनमार्फत केन्द्रमा आवश्यक संख्याभन्दा दोब्बर अर्थात ४८ हजार दरबन्दी राखिएकाले भएकै कर्मचारीले पर्याप्त काम पाएका छैनन् । अझ समायोजनमार्फत स्थानीय र प्रदेशमा गएका कतिपय कर्मचारी विभिन्न बहाना बनाएर केन्द्रमै फर्किएका छन् । सरकारले कामका लागि भन्दा पनि लोकसेवा आयोगको प्रक्रिया छलेर जागिर खुवाउन अस्थायी दरबन्दी सिर्जना गरेको त होइन भन्ने प्रश्न उठेको छ । लोक सेवा आयोगका अध्यक्षले त सरकारको निर्णयलाई सत्तारुढ दलका कार्यकर्ता भर्ती गर्ने दाउ भनी टिप्पणी गरेका छन् । उता स्थानीय तह र प्रदेश सरकारले करारमा कर्मचारी राखिरहेका छन् ।
News Desk 0 response आइतवार, साउन १२, २०७६

सम्बन्धित शीर्षकहरु
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन ७ प्रतिशतभन्दा धेरैले घट्यो
सोमवार, बैशाख २१, २०८३-
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३ -
भूमि आयोग खारेज !
मङ्लबार, बैशाख २२, २०८३ -
युएईको सरकारी तेल ट्यांकरमा आक्रमण, खाडी क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३
-
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३ -
भूमि आयोग खारेज !
मङ्लबार, बैशाख २२, २०८३ -
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



